होमपेज > बाढीले मान्डु हाइड्रोपावरको एक अर्ब भन्दाबढी क्षति

बाढीले मान्डु हाइड्रोपावरको एक अर्ब भन्दाबढी क्षति

बिज्ञापन
बिज्ञापन

असोज ११ र १२ गतेको अविरल वर्षाले वाग्मती नदीमा आएको बाढीले मान्डु हाइड्रो पावरमा ठूलो क्षति पुर्‍याएको छ । भीमफेदी गाउँपालिका-८ वागमती दोभानमा उत्पादन गृह राखेर विद्युत उत्पादन गर्दै आएको मान्डु हाइड्रो पावरको हेडवक्स, पावर हाउस, पेनेष्टक पाइप र विद्युतको टावर क्षतिग्रस्त बनाएको छ ।

बिज्ञापन

२०७५ सालदेखि २२ मेगावाट विद्युत उत्पादन गर्दै आएको हाइड्रो पावरको वाग्मतीको बाढीले करिब १ अर्वको भन्दाबढी क्षति पुर्‍याएको प्रमुख संचालक अधिकृत सुन्दर श्रेष्ठले बताए । ‘वाग्मतीमा आएको बाढीले हाइड्रोपावरलाई कल्पनै नगरेको क्षति पुर्‍यायो,’ उनले भने । पहिरोले काठमाडौँदेखि सिस्नेरीसम्मको मोटर बाटो क्षतिग्रस्त बनाएको, बाढीले सिस्नेरी बजारनै बगाएको र सिस्नेरीबाट ८ किलोमिटरको दुरीमा रहेको उक्त पावर हाउस पुग्न सिस्नेरीबाट जानुपर्छ । बाढीले त्यो मोटरबाटो पनि क्षतिग्रस्त बनाएको छ । वाग्मती नदीमा आएको बाढीले ६०० मिटर पेनेष्टकमध्ये सय मिटर पेनेष्टक पाइप क्षतिग्रस्त बनाएको छ ।

बिज्ञापन

२ हजार ४ सय २४ मिटर लामो मुख्य सूरुङलाई पनि क्षति पुर्‍याएको हुन सक्ने संचालक अधिकृत श्रेष्ठले बताए । ‘पानी सुकाएर हेरेपछि मात्र थाहा हुन्छ,’ उनले भने । बाढीपहिरोका कारणले अहिले उक्त क्षेत्रमा विद्युत र टेलिफोन सेवा अवरुद्ध छ । बाढीले क्षतिग्रस्त बनाएको उक्त हाइड्रो पावर संचालनमा आउन कम्तीमा ७/८ महिना लाग्ने संचालकहरुले बताए । काठमाडौँबाट फोहोर बटुल्दै बगेको वागमती खोलाको पानीबाट मकवानपुरको भीमफेदी गाउँपालिका-८ इपापन्चकन्याको बगरवेसीस्थित विद्यृत गृहबाट विद्युत उत्पादन गर्दै आएको छ । निजी क्षेत्रको माण्डु हाइड्रो पावर कम्पनी र चाइनिज कम्पनीको संयुक्त लगानीमा वागमतीको पानीबाट विद्यूत उत्पादन गरिएको थियो ।

माण्डु हाइड्रो पावर कम्पनीले चार अर्बको लगानीमा बागमती साना जलविद्यूत आयोजनाको निर्माण कार्य २०७२ जेठबाट सूरु गरेको थियो । वागमती र कोगटेको पानी इपापन्चकन्या दोभानमा १० देखि १३ मिटर उचाईको बाँध बनाएर सुरुङमार्फत इपापन्चकन्याको बगरवेँसीस्थित पावर हाउसमा पुर्‍याएर विद्युत उत्पादन हुँदै आएको छ । वागमतीमा निर्माण गरिएको ५५ मिटर लामो बाँधलाई बाढीले क्षति पुर्‍याएको छ । उक्त बाँध हुँदै सुरुङबाट प्रतिसेकेन्ड १२ दशमलव ४ क्युसेक पानी बग्ने गर्छ । वागमतीमा निर्माण गरिएको बाँधबाट पावर हाउस९विद्यूत गृह० २ हजार ४ सय ४० मिटरको दुरीमा छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते