नेपाल इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्कासनको अनुमति पाएको छ।
बिज्ञापन
नेपाल धितोपत्र बोर्डद्धारा बुधबार नेपाल इन्स्योरेन्सलाई हाल कायम चुक्तापुँजीको १०ः४ अनुपातमा अर्थात ४० प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति दिएको हो। कम्पनीले आफ्ना शेयरधनीहरुलाई पौने ६६ करोड रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्नेछ। कम्पनीले कुल ६५ करोड ७६ लाख ९३ हजार ७७६ रुपैयाँबराबरको हकप्रद शेयर ल्याउनेछ।
बिज्ञापन
जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६५ लाख ७६ हजार ९३७.७६ रुपैयाँ बराबरको हकप्रद शेयर बिक्री गर्नेछ। नेपाल इन्स्योरेन्सको हकप्रद बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।







