होमपेज > काभ्रेपलाञ्चोकमा हेलिकप्टरबाट उद्धार, पहिरोले पुरिएका घरबाट निकालियो ४ शव

काभ्रेपलाञ्चोकमा हेलिकप्टरबाट उद्धार, पहिरोले पुरिएका घरबाट निकालियो ४ शव

बिज्ञापन
बिज्ञापन

बाढी–पहिरोबाट ठूलो क्षति पुगेको काभ्रेपलाञ्चोकमा घाइते र राजमार्गमा अलपत्र परेकाको हेलिकप्टरबाट उद्धार भइरहेको छ ।

बिज्ञापन

नेपाली सेनाको हेलिकप्टर मार्फत बीपी राजमार्गको रोशी क्षेत्रमा अलपत्र परेकाको उद्धार भइरहेको छ । सेनाकै हेलिकप्टर मार्फत जिल्लाका भुम्लु गाउँपापालिका र चौरी देउराली गाउँपालिकाबाट दुई घाइतको उद्धार गरेर धुलीखेल ल्याइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दिनेशबहादुर कुँवरले बताए ।

बिज्ञापन

जिल्लाको विपद् व्यवस्थापनमा सम्पूर्ण संयन्त्र परिचालन भएको र पहिलो प्राथमिकता अलपत्र परेर र बाढी तथा पहिरोमा परेर घाइते भएकाको उद्धारमा लागेको छ । सेनाको हेलिकप्टर तेमाल गाउँपालिकामा रहेका घाइतेको उद्धार गर्न जाने तयारीमा रहेको गाउँपालिका अध्यक्ष चन्द्रबहादुर लामाले बताए । तेमालमा पहिरोका कारण ठूलो क्षति भएको र दूरसञ्चार सेवा अवरुद्ध हुँदा क्षतिको विवरण आउन नसकेको उनले बताए ।

‘अहिलेसम्म घर पुरिँदा १२ जना बेपत्ता भएको जानकारी आएको छ,’ अध्यक्ष लामाले भने, ‘जसमध्ये चार जनाको शव निकालिएको छ । तीन जनाको घाइते अवस्थामा उद्धार भएको र धुलिखेलबाट सेनाको हेलिकप्टर मार्फत उद्धार गर्न लागिएको हो ।’ केही व्यक्ति अझै सम्पर्कमा नभएको जानकारी आए पनि विद्युत् र फोन सम्पर्क समेत नहुँदा थप बुझ्न नसकिएको उनले बताए । पहिराले घरभित्रै पुरिएकाको दुई दिनदेखि उद्धार गर्न नसकिएको उनले बताए ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते