होमपेज > अविरल वर्षाका कारण बिजुली र सञ्चारविहीन ललितपुर

अविरल वर्षाका कारण बिजुली र सञ्चारविहीन ललितपुर

बिज्ञापन
बिज्ञापन

गएको बिहीवार रातिदेखि परेको अविरल वर्षाका कारण ललितपुरको दक्षिणी भेगका तीन वटा पालिकाका सडक, बिजुली र सञ्चार सम्पर्कविहीन भएका छन् ।

बिज्ञापन

विपत्तिका कारण महाङ्काल, बाग्मती र कोञ्ज्योसोम गाउँपालिकाका स्थानीयवासीले जनधनको क्षति व्यहोर्नुपरेको भन्दै राहत तथा उद्धारका लागि सञ्चार समन्वयसमेत हुन नसकेको महाङ्काल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसीले जानकारी दिनुभयो । उहाँले लेले–चन्दनपुर सडक, मध्यमार्गी लोकमार्ग बन्द भएको र ठाउँठाउँमा बिजुलीका पोल ढलेका बताउनुभयो । उद्धार गरिएकालाई थप उपचारका लागि ल्याउन नसकिएको उहाँको भनाइ छ ।

बिज्ञापन

बाग्मती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले कान्ति लोकपथ अवरुद्ध हुँदा गाडी प्रयोग गरेर राहत तथा उद्धार गर्न नसकिएको बताउनुभयो । उहाँले माल्टा र आश्राङमा गरी चार वटा घर बगाएको र गिम्दीमा झोलुङ्गे पुल बगाएको जानकारी गराउनुभयो । कतिपय ठाउँमा खानेपानीको पाइप नष्ट भएका र भट्टेडाँडामा एउटा गोठ पुरिएर पाँच वटा दुहुना भैँसी पुरिएका जानकारी आएको उहाँको भनाइ छ ।

कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले ठोट्ने खोलामा सबैभन्दा बढी क्षति भएको बताउँदै बाढीका कारण १५ वटाभन्दा बढी घर पूर्णरूपमा क्षति भएका जानकारी दिनुभयो । बाग्मती गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर दर्लामीले सञ्चार सम्पर्क, बिजुली र सडक सञ्जाल यथाशीघ्र सञ्चालनमा ल्याउन सहजीकरण गरिदिन जिल्ला विपद् समितिसँग आग्रह गर्नुभयो ।

बिज्ञापन

यसैबीच नख्खु खोलाको बाढी नेपाल मेडिसिटी अस्पतालमा छिरेर डुबान भएपछि त्यहाँ उपचाररत ५० जनाभन्दा धेरै बिरामीलाई काठमाडौँका विभिन्न अस्पतालमा स्तानान्तरण गरिएको छ । आईसीयूमा उपचाररतसहितका बिरामीलाई स्थानान्तरण गरिएको अस्पतालले जनाएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते