होमपेज > १ खर्ब ३५ अर्ब ऋण खोज्ने नेपाल एयरलाइन्सलाई कुनै पनि संस्थाले पत्याएन

१ खर्ब ३५ अर्ब ऋण खोज्ने नेपाल एयरलाइन्सलाई कुनै पनि संस्थाले पत्याएन

बिज्ञापन
बिज्ञापन

सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले वित्तीय व्यवस्थापनका लागि भन्दै ऋण दिने संस्थाको खोजी गरिरहेको छ। तर हालसम्म निगमलाई कुनै पनि संस्थाले पत्याएका छैनन्।

बिज्ञापन

निगमले ऋण तिर्नकै लागि ऋण खोज्दै जनवरी २३ मा पहिलोपटक सूचना जारी गरेको थियो। निगमले १ खर्ब ३५ अर्ब ऋण दिने संस्था खोजीका लागि सूचना जारी गरेको थियो। ४५ दिनको समयसीमामा कुनै पनि कम्पनीले चासो नदेखाएपछि निगमले पुनस् सूचना जारी गरेको थियो। दोस्रोपटक निगमले सन् २०२४ को अप्रिल ११ सम्मको सयमसीमा राखेर सूचना जारी गरेको छ। दोस्रो पटकको सूचनामा पनि कसैले चासो नदेखाएपछि निगम कार्यकारी अध्यक्ष युवराज अधिकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले स्पष्ट्रीकरण सोधेपछि काम गरिरहेको देखाउन फेरि ऋण खोज्ने प्रस्तावको सूचना प्रकाशन गरेका छन्। अधिकारीले आर्थिक व्यवस्थापनका लागि काम गरिरहेको देखाउँदै मन्त्रीलाई गुमराहमा राख्न दाताले नै चासो नदिएको विषयमा बारम्बार सूचना प्रकाशन गरिरहेका छन्।

बिज्ञापन

नेपाल एयरलाइन्सले सार्वजनिक गरेको पहिलो, दोस्रो र तेस्रो सूचनामा १ खर्ब ३५ अर्ब नेपाली रूपैयाँ बराबरको ऋण दिने संस्थालाई आह्वान गरेको छ। अहिलेको ऋणको व्यवस्थापन तथा थप जहाज खरिदका लागि वित्तीय स्रोतको आवश्यकता भएको भन्दै एयरलाइन्सले ऋण दिने संस्थाको खोजी गरेको हो। स्वदेशी तथा विदेशी सरकारी संस्था, गैरसरकारी वित्तीय संस्थाले यो टेन्डरमा प्रस्ताव गर्नसक्ने जनाइएको छ। नेपाल एयरलाइन्सले कुल १ खर्ब ३५ अर्ब ऋण आवश्यक भएको जानकारी दिएको छ। यसरी प्राप्त हुने ऋण ५५ अर्ब अहिलेको ऋण व्यवस्थापनमा प्रयोग हुने र त्यसपछि ७५ अर्ब नयाँ जहाज खरिदका लागि प्रयोग गर्ने प्रस्ताव गरेको छ। त्यस्तै ५ अर्ब ह्यांगर बनाउनका लागि उपयोग गर्ने उल्लेख गरेको छ। तेस्रो पटकसम्म आएको सूचनामा केही पनि परिमार्जन भएको छैन। तेस्रो पटकको सूचना भने सेप्टेम्बर १३ मा जारी भएको छ। २५ अर्ब रुपैयाँका लागि परिवर्तन नहुने ब्याजदरमा यस्तो ऋण दिनुपर्ने सर्त राखिएको छ। यद्यपि ब्याजदर तथा विदेशी मुद्राको सटहीदर सरकारले स्वीकृत गरेअनुसार हुने उल्लेख गरिएको छ।

ऋणको सुरक्षणका रुपमा नेपाल एयरलाइन्सले आफ्नो जहाज तथा परियोजना र भौतिक सम्पत्ति राख्न सकिने वा ऋणदाताले माग गरेअनुसारको हुने उल्लेख गरेको छ। नेपाल एयरलाइन्ससँग हाल दुईवटा एयरबस ३३० र दुईवटा ३२० जहाज छन्। १० गन्तव्यमा उडान गरिरहेको नेपाल एयरलाइन्सले २ वटा जहाजबाट आन्तरिक उडान गर्दै आएको छ। तर आन्तरिक उडानमा रहेको एउटा टिवनअटर जेठ २३ गते देखि ग्राउन्डेड छ। अन्तर्राष्ट्रिय उडानमा त कुनै पनि दिन ४ वटै जहाज उडेको रेकर्ड नै हुन छोडको छ। अहिले पनि एउटा वाइडबडी अगष्ट २८ देखि सी-चेकका लागि इटाली लगेर राखिएको छ। एयरबसका चारवटा जहाज खरिद गर्दा नागरिक लगानी कोष र सञ्चय कोषबाट लिएको ऋण भुक्तानीमा समेत निरन्तर समस्या भइरहेको छ। नेपाल एयरलाइन्सलाई सरकारी स्वामित्वका यी संस्थाले ऋण दिन नसक्ने बताइरहेको समयमा अहिले विदेशी संस्थाबाट ऋण लिन खोजेको हो। यता निगमको आम्दानी घट्दो छ। ऋण मात्रै ५४ अर्ब रुपैयाँ हाराहारीमा पुगेको छ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते