कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रकाशित गरेको मूल्यसूची अनुसार आज शनिबार सबैभन्दा सस्तो सेतो मूला र हाइब्रीड काक्रो रहेको छ ।
बिज्ञापन
आज सेतो लोकल मूला र हाइब्रीड काक्रो प्रतिकेजी २२ रुपैयाँ ३३ पैसा तोकिएको छ भने भिण्डी र स्कुस प्रतिकेजी २५ रुपैयाँ तोकिएको छ भने पार्सले सबैभन्दा महँगो प्रतिकेजी १२ सय ५० रुपैयाँ पर्नेछ ।
बिज्ञापन
यसैगरी, सुकेको खुर्सानी प्रतिकेजी ४२६ रुपैयाँ ६७ पैसा, अनार ४६३ रुपैयाँ ३३ पैसा, कालो अंगुर ४७६ रुपैयाँ ६७ पैसा, सेलरी ६५० रुपैयाँ, ठूलो भारतीय गोलभेडा ६५ रुपैयाँ, टनेल गोलभेडा ३२ रुपैयाँ, रातो आलु ७० रुपैयाँ र मुडेको रातो आलु ६१ रुपैयाँ तोकिएको छ ।








