होमपेज > भोटेकोशी नदीमा खसेको बोलेरो क्रेनले निकालियो, चालकसहित २ जना बेपत्ता

भोटेकोशी नदीमा खसेको बोलेरो क्रेनले निकालियो, चालकसहित २ जना बेपत्ता

बिज्ञापन
बिज्ञापन

सिन्धुपाल्चोकको भोटेकोशी नदीमा खसेको बोलेरो गाडी क्रेनले निकालिएको छ । बाह्रबिसे नगरपालिका वडा नम्बर ६ बरन्डा टोलस्थित सडकबाट खसेको गाडी सुरक्षाकर्मीको टोलीले निकालेको हो ।

बिज्ञापन

नदीबाट निकालिएको गाडी बा २० च २१८५ नम्बरको बोलेरो रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । बाह्रबिसे–तातोपानी सडकअन्तर्गत छ्याक्सानजिकै भोटेकोसी नदीबाट शुक्रबार निकालिएको बोलेरो गाडीमा सवार चालकसहित २ जना अझै फेला परेका छैनन्।

बिज्ञापन

त्यस गाडीमा चालक भोटेकोसी गाउँपालिका–५ बस्ने अन्दाजी ३८ वर्षीय सानु शेर्पा र यात्रु बाह्रबिसे नगरपालिका–९ बस्ने ३५ वर्षीया सुन्तली तामाङ रहेको आफन्तबाट जानकारी पाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता, डीएसपी निरञ्जन भट्टराईले बताए । स्थानीयले भोटेकोशी नदीमा गाडीको टायर देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि गाडी खसेको आशंकामा प्रहरीले क्रेन ल्याएर खोजी शुरु गरेको थियो ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते