होमपेज > भारतीय पल्सरमा सवार ५ जना युवा लागु औषध सहित पक्राउ

भारतीय पल्सरमा सवार ५ जना युवा लागु औषध सहित पक्राउ

बिज्ञापन
बिज्ञापन

लागु औषध सहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।

बिज्ञापन

जिल्लाको बुद्धभूमि नगरपालिका-८ बनकट्टिबाट उ प्र ५५ ऐ ऐ ७५६२ नम्बरको भारतीय रातो कालो रङको २२० सी.सी.को पल्सरमा सवार उनीहरूलाई चेकजाँच गर्ने क्रममा लागु औषध सहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ। पक्राउ पर्नेमा बुद्धभूमि नगरपालिका-८ का दधिराम भुसाल,सागर सुनार,नवीन बस्नेत,सरोज खनाल र वडा नं.५ बस्ने जगदीश यादव रहेका छन्।

बिज्ञापन

उनीहरूको साथबाट लागू औषध (ब्राउन सुगर) ९५० मिलिग्राम, नगद ३९,००५, ५ थान मोबाइल र भारतीय नम्बर पिलेटको २२० सिसीको रातो कालो रङको पल्सर बरामद गरिएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक वीर बहादुर सुनारले बताए। पक्राउ परेका उनीहरूको थप अनुसन्धान भई रहेको छ।

बिज्ञापन