प्रभु बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकको संस्थापक समूहको ८४ हजार १४४ कित्ता शेयर बिक्रीमा राखिएको हो।
बिज्ञापन
शेयरमा विद्यमान संस्थापक शेयरधनका अन्य इच्छुक व्यक्ति तथा संस्थाले १५ दिन भित्र खरिद आवेदन दिन सक्नेछन्। तोकिएको अवधिभित्र इच्छुक लगानीकर्ताले काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा खरिद आवेदन दिन सक्नेछन्।
बिज्ञापन
यसअघि संस्थापक शेयरधनीहरुका लागि मात्रै बिक्री खुला गरिएको उक्त शेयर संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेपछि सर्वसाधारण र संस्थालाई पनि बिक्री गरिएको हो ।








