होमपेज > अलैँचीको भाउ सात वर्षयताकै उच्च

अलैँचीको भाउ सात वर्षयताकै उच्च

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

‘खोल्साको सुन’ भनेर चिनिने अलैँचीले सुरुआती सिजनमै उच्च भाउ पाएको छ। पूर्वी नेपालका किसानले नगदेबालीका रूपमा उत्पादन गर्ने अलैँची सोमबार (भदौ २) बिर्तामोड बजारमा प्रतिमन (४० किलो) ९४ हजार रुपैयाँमा बिक्री भएको छ। नेपाल अलैँची व्यवसायी महासंघका कार्यकारी निर्देशक अनिल ढुंगानाका अनुसार यो विगत सात वर्षयताकै सबैभन्दा उच्च मूल्य हो। गत वर्ष यस्तै समयमा यसको भाउ प्रतिमन ४० हजार रुपैयाँ मात्र थियो।

बिज्ञापन

यसअघि २०७५ सालमा अलैँचीको मूल्य प्रतिमन एक लाख पाँच हजारदेखि एक लाख सात हजार रुपैयाँ पुगेको थियो। २०६७ सालमा भने प्रतिमन एक लाख २० हजार रुपैयाँसम्ममा कारोबार भएको पाइन्छ। अहिलेको मूल्यले भदौअसोजमा भाउ बढ्ने संकेत गरेको र मंसिरपुसमा अझ बढ्ने अपेक्षा गरिएको छ।

उच्च मूल्यका कारण किसान प्रत्यक्ष लाभान्वित भएका छन्। एक मन अलैँची उत्पादनमा किसानको करिब २० हजार रुपैयाँ खर्च हुने भए पनि अहिले बेच्दा पाँच गुणासम्म आम्दानी हुने देखिन्छ। व्यापारीहरूले पनि किसानबाट अहिले किनेको अलैँची भण्डारण गरी पछि अझ बढी मूल्यमा बेच्ने गरेका छन्।

बिज्ञापन

नेपालका ४२ जिल्लामा अलैँची खेती हुन्छ। विशेष गरी कोसी प्रदेशका पाँचथर, ताप्लेजुङ, इलाम, संखुवासभा, खोटाङ, भोजपुर र तेह्रथुममा यसको बढी उत्पादन हुन्छ। यहाँ करिब सात हजार ५०० हेक्टरमा अलैँची खेती भइरहेको छ। आर्थिक वर्ष २०८१/८२ मा मात्रै काँकडभिट्टा नाकामार्फत सात अर्ब ६७ करोड रुपैयाँ बराबरको अलैँची भारत निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ।

नेपालमा उत्पादित करिब ९० प्रतिशत अलैँची भारत निर्यात हुन्छ। भारतले ब्रान्डिङ गरेर त्यसलाई विश्व बजारमा पठाउने गरेकाले नेपाली अलैँचीको सोझो पहुँच भने अन्तर्राष्ट्रिय बजारमा अझै बनेको छैन।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते