होमपेज > विवाह भोज खाएर ९० जना बिरामी

विवाह भोज खाएर ९० जना बिरामी

बिज्ञापन
बिज्ञापन

डोटी जिल्लामा विवाह भोज खाएर ९० जना बिरामी परेका छन् । जिल्लाको आदर्श गाउँपालिका–१ टाँग भन्ने ठाउँमा विवाह भोज खाएका ९० जना बिरामी परेको आदर्श गाउँपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

बिज्ञापन

शुक्रवार स्थानीय नर बहादुर बिकको छोरीको विवाहको भोज खाएका माइती पक्षहरूमा स्वास्थ्य समस्या देखा परेको स्वास्थ्य शाखा प्रमुख बम बहादुर खड्काले जानकारी दिए । स्वास्थ्य शाखा प्रमुख खड्काका अनुसार शुक्रवार साँझ भोज खाएकाहरूमा ज्वरो आउने, वान्ता हुने, रिङटा लाग्ने, पखाला लाग्ने, ढल्ने लगायतका समस्या देखा परेको छ । बिरामी ३० जनाको शनिवार (हिजो) र ६० जनाको आइतबार (आज) स्थानीय स्वास्थ्य चौकी बाँझमा उपचार गरिएको खड्काले बताए ।

बिज्ञापन

बिरामीहरूको उपचारमा गाउँपालिकाका एमबिबिएस डाक्टर सहित १३ जनाको टोली परिचालन गरिएको छ । बिरामीहरूमा अधिकांशलाई उपचार पश्चात् घर पठाइएको र केहीको उपचार जारी रहेको बताइएको छ । भोजमा सुजी (हलुवा) खाएकाहरूमा यस्तो समस्या देखा परेको र बिरामीहरूको नमुना परीक्षणका लागि जिल्ला अस्पताल डोटी पठाइएको खड्काले बताए ।

घटनाको जानकारी प्राप्त भएपछि सो स्थानमा आज साँझ प्रहरी निरीक्षक राजेन्द्र बहादुर चन्दको कमान्डमा ७ जनाको प्रहरी टोली पठाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते