शुक्रबार राति वर्षासँगै आएको मोहना नदीको बाढीले सशस्त्र प्रहरीको बीओपीको भवन बगाएको छ ।
बिज्ञापन
धनगढी उपमहानगरपालिका–१९ लल्लिपुरमा रहेको सशस्त्र प्रहरीको बीओपीका तीनमध्ये दुईवटा नयाँ भवन बगाएको प्रहरीले जनाएको छ । नयाँ भवन बाढीले बगाएको छ भने पुरानो भवनसमेत जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर बिष्टले बताएका छन् ।
बिज्ञापन
मोहना नदीको बाढीले बीओपी भवन बगाएपछि बिओपीलाई सामुदायिक भवनमा सारिएको छ ।








