कृषि विकास बैंकको सञ्चालक समिति सदस्यमा अर्थ मन्त्रालयका सह–सचिव दीर्घराज मैनाली नियुक्त भएका छन् ।
बिज्ञापन
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भदौ २० गते मैनालीलाई बैंकको सञ्चालक समिति सदस्यमा नियुक्त गरेका हुन् । हाल कृषि विकास बैंकको अध्यक्ष पूर्वराजस्व सचिव रामशरण पुडासैनी छन् ।








