लक्ष्मी सन्राइज बैंकले पर्साको वीरगन्ज महानगरपालिकामा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ ।
बिज्ञापन
बैंकको वीरगन्ज महानगरपालिका वडा नम्बर ६ स्थित आदर्शनगर चोकमा रहेको शाखालाई सोही महानगरपालिकाको वडा नम्बर ८ स्थित लिंक रोड (अघिल्लो शाखा स्थानबाट करिब १ किलोमिटर उत्तर-पूर्वतर्फ)मा स्थानान्तरण गरिएको छ ।
बिज्ञापन
स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकहरूले आदर्शनगरमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ । स्थानान्तरण भएसँगै लक्ष्मी सन्राइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरूमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरूलाई सबै प्रकारका रिटेल बैंकिङ सेवा प्रदान गर्नेछ ।
हाल लक्ष्मी सन्राइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३२० एटीएम, २८ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैंकिङ एजेन्ट रहेका छन् ।
बिज्ञापन








