होमपेज > माछा भात खाएर फुड पोइजनिङ हुँदा एकै परिवारकातीन बालबालिकाको मृत्यु

माछा भात खाएर फुड पोइजनिङ हुँदा एकै परिवारकातीन बालबालिकाको मृत्यु

बिज्ञापन
बिज्ञापन

माछा भात खाएर फुड पोइजन हुँदा बारामा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ। फुड पोइजनबाट स्थानीय सिम्रौनगढ नगरपालिका झवानी गाउँका नरेश राम चमारको तीन जना नाबालक छोराछोरीको मृत्यु भएको बारा प्रहरी प्रवक्ता डिएसपी दीपक सापकोटाले बताएका छन् ।

बिज्ञापन

छिमेकी राजदेव रामका अनुसार आइतबार राति नरेश राम चमारका छोरीहरू क्रमशः ९ वर्षकी लालिमा राम र ७ वर्षकी पुष्पा राम तथा ५ वर्षका छोरा कृष्णनन्दन राम माछा–भात खाएर सुतेका थिए। केही समयपछि तीनैजना बालबालिकाको स्वास्थ अवस्था बिग्रेपछि स्थानीय स्तरमा सामान्य उपचारपछि थप उपचारको लागि जिल्ला अस्पताल कलैया लैजाँदा उपचारको क्रममा मृत्यु भएको छिमेकी रामले जानकारी दिएका छन् । जिल्ला प्रहरी प्रवक्ता सापकोटाले घटनाको पुष्टि गर्दै मृतक तीनै जना बालबालिकाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल कलैयामा राखिएको बताएका छन् । घटनाबारे अनुसन्धान भइरहेको तथा थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

बिज्ञापन

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते