बिज्ञापन
मुक्तिनाथ विकास बैंक र महिला उद्यमी महासंघ नेपालबीच कर्जा प्रवाहसम्बन्धी सम्झौता भएको छ । दुवै संस्थाबीच महासंघसँग आबद्ध घरेलु तथा साना उद्योगहरूलाई सहज र सुलभ तरिकाबाट कर्जा प्रवाह गरी यस क्षेत्रको आर्थिक विकास एवं वित्तीय तथा व्यावसायिक शिक्षामा योगदान पुर्याउने उद्देश्यसहित सम्झौता भएको हो ।
बिज्ञापन
सम्झौतामा बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र महासंघका अध्यक्ष शोभा ज्ञवालीले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार महासंघका ६७ जिल्ला च्याप्टरमा आबद्ध घरेलु तथा साना उद्योगीहरूलाई बैंकले व्यवसाय तथा त्यसको सम्भाव्यतालाई मुख्य आधार मानी सरल र सहज तरिकाबाट सर्वसुलभ ब्याजदरमा कर्जा लगानी गर्ने र उद्यमीको विकासका लागि वित्तीय र व्यावसायिक साक्षरताका लागि सहकार्य गर्नेछ । महासंघकी अध्यक्ष ज्ञवालीले खुसी व्यक्त गर्दै यो सम्झौतापश्चात् महासंघसँग आबद्ध महिला उद्यमीहरूलाई आर्थिक विकास गर्न र व्यावसायिक तथा वित्तीय साक्षरताको क्षेत्रमा थप टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।
मुक्तिनाथ विकास बैंकले ुनेपालमै टिक्न सजिलो छु भन्ने नाराका साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न ुमुक्तिनाथ सरल कर्जा योजनाु ल्याएको छ । बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङजस्ता सेवाहरू ल्याएर बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने सुविधाहरू ल्याएको छ ।








