होमपेज > कटहरको बीज स्वास्थ्यको लागि धेरै फाइदाजनक

कटहरको बीज स्वास्थ्यको लागि धेरै फाइदाजनक

बिज्ञापन
बिज्ञापन

वर्षाको समयमा कटहर खान सबैलाई मनपर्छ । कटहर पाकेपछि धेरै मिठो र रसिलो हुन्छ । वर्षाको समयमा अलिकति बढिनै पाकेको कटहर पाइन्छ । मानिसहरूले पाकेको कटहरको बीज निकालेर फालिदिन्छन् । तर, थाहा पाउँदा अचम्म लाग्न सक्छ कि जुन कटहरको बीजलाई तपाईं फालिदिनुहुन्छ, त्यो स्वास्थ्यको लागि धेरै फाइदाजनक छ ।

बिज्ञापन

कटहरको बीज बदाम जत्तिकै पोषक तत्त्वहरूले भरिपूर्ण हुन्छ । यसको बीज मोटो र सजिलै निकाल्न मिल्ने हुन्छ । तपाईं यी बीजहरूलाई आफ्नो खानामा समावेश गर्न सक्नुहुन्छ । आउनुहोस् जानौँ, कटहरको बीजमा के–के गुणहरू हुन्छन् र यसलाई खानुका फाइदाहरू के के छन्? कटहरको बीज को प्रयोग धेरै तरिकाले गर्न सकिन्छ । तपाईं यी बीजहरूलाई उमालेर छिल्का हटाएर खान सक्नुहुन्छ । केही मानिसहरू कटहरको बीजको तरकारी बनाएर खान्छन् । तपाईं कटहरको बीजलाई उमालेर घिउमा नुनसँग फ्राई गरेर पनि खान सक्नुहुन्छ । यी बीजहरू धेरै नै स्वादिष्ट हुन्छन् ।

बिज्ञापन

कटहरको बीजका फाइदाहरू-

१-हेमोग्लोबिन बढाउँछ

बिज्ञापन

कटहरको बीजमा प्रशस्त आइरन हुन्छ । बीजहरूको सेवनले शरीरमा हेमोग्लोबिन बढ्छ । शरीरमा जब रातो रक्त कोशिकाहरू बढ्छन्, तब रगतको मात्रा पनि बढ्न थाल्छ ।

२-शरीरलाई ऊर्जा दिन्छ

कटहरको बीज खाँदा शरीरलाई ऊर्जा मिल्छ । यसले शरीरमा भिटामिन–बीको कमी पूरा गर्न सक्छ । कोशिकाहरूलाई स्वस्थ राख्न र मस्तिष्कको कार्यलाई सुधार गर्न कटहरको बियाले मद्दत गर्छ ।

३-पाचनका लागि राम्रो

कटहरको बीजमा प्रशस्त फाइबर पाइन्छ । जसले पेट र पाचनसम्बन्धी समस्याहरू हटाउँछ । आन्द्रालाई स्वस्थ बनाउन मद्दत गर्छ । यसका साथै छाला र कपालका लागि पनि कटहरको बीज फाइदाजनक हुन्छ ।

४-मोटोपन घटाउँछ

कटहरको बीजमा प्रोटिनको मात्रा धेरै हुन्छ । यसलाई खानाले तपाईंलाई धेरै समयसम्म भोक लाग्दैन । कटहरको बीजलाई आहारमा समावेश गर्नु स्वस्थ विकल्प हो । यसले तपाईंको पेटलाई लामो समयसम्म भरिएको महसुस गराउँछ ।

५-इम्युनिटी बढाउँछ

कटहरको बीज खानाले रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ । यसले शरीरलाई नयाँ भाइरससँग लड्न सक्षम बनाउँछ । कटहरको बीजमा पाइने पोषक तत्त्वहरू स्वास्थ्यका लागि फाइदाजनक हुन्छन् ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते