काठमाडौंका विभिन्न स्थानमा आज विद्युत् आपूर्ति बन्द हुने भएको छ।
बिज्ञापन
बलम्बू सबस्टेशन अन्तर्गत थानकोट फिडर अन्तर्गत पर्ने सन्तुगलमा ११ मिटर को पोलमा तार लत्रिएको र गुर्जुधारामा लगत खारेज भएको हाइटेन्सम टीओडी मिटरको मिटरिङ युनिट डिस्मेन्टल गर्नुपर्ने भएकाले विहान सात बजेदेखि मध्यान्ह १२ बजेसम्म विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको हो।
बिज्ञापन
प्राधिकरणका अनुसार यसबाट गुर्जुधारास्थित बलम्बू विद्युत् अफिस, दौराडिपो, राधाकृष्ण टोल, हाइभिजन कोलनी, पशुविकास, सिर्जना चोक, खहरे बसपार्क, डम्बू, इन्द्रथान, श्रीकृष्ण स्कुल, गैरीगाउँ, मुखिया गाउँ लगायतका स्थानमा विद्युत् आपूर्ति बन्द हुनेछ।








