होमपेज > वैदेशिक रोजगार बचतपत्रमा आकर्षण कम, धेरैलाई बचतपत्रबारे जानकारीनै नभएको

वैदेशिक रोजगार बचतपत्रमा आकर्षण कम, धेरैलाई बचतपत्रबारे जानकारीनै नभएको

बिज्ञापन
बिज्ञापन

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बचतमा आकर्षित गर्ने उद्देश्यससहित सरकारले सुरु गरेको वैदेशिक रोजगार बचतपत्रमा आकर्षण कम देखिएको छ । नेपाल राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनले विगत ११ वर्षमा कुल आह्वानको केवल ४.९ प्रतिशत मात्र त्यस्तो बचतपत्र बिक्री भएको देखिएको हो ।

बिज्ञापन

आन्तरिक ऋण परिचालनको स्रोतका रूपमा उपयोग गर्न सरकारले आर्थिक वर्ष २०६६/६७ देखि वैदेशिक रोजगार बचतपत्र निष्कासन सुरु गरेको थियो । त्यसयता दुई दर्जन पटक गरी १५ अर्ब ५६ करोड रुपियाँ बराबरको बचतपत्र बिक्री आह्वान भए पनि केवल ७६ करोड २३ लाख रुपियाँको मात्र बिक्री भएको उक्त अध्ययनले देखाएको छ । बिक्री न्यून हुँदा आन्तरिक ऋण परिचालनमा यसको योगदान नगन्य मात्रै रहेको छ । समीक्षा अवधिसम्म यस्तो बचतपत्रको आन्तरिक ऋण परिचालनमा योगदान केवल ०.०६ प्रतिशत मात्रै रहेको छ ।

बिज्ञापन

आन्तरिक ऋण परिचालनका लागि उपयोग गरिने नागरिक बचतपत्र, विकास ऋणपत्रको तुलनामा उच्च ब्याजदर कायम गरिए पनि वैदेशिक रोजगार बचतपत्र अपेक्षित बिक्री हुने नसकेको अध्ययनको निष्कर्ष छ । आवश्कयता अनुसार तत्काल बिक्री गर्न सकिने अथवा बैङ्क तथा वित्तीय संस्थामा धितो राखेर कर्जा लिन सकिने भए पनि वैदेशिक रोजगारीमा गएकाको प्राथमिकतामा पर्न नसकेको प्रतिवेदनमा उल्लेख छ ।

अध्ययनमा समेटिएकामध्ये धेरैले बचतपत्रबारे जानकारी नै नभएको प्रतिक्रिया दिएको जनाइएको छ । खरिद प्रक्रिया झन्झट भएको, प्रमाणपत्र सजिलै प्राप्त नहुने र ब्याज प्राप्त गर्न धाउनुपर्ने बाध्यताका कारण पनि खरिद नगरेका कारण सर्वेक्षणमा सहभागीले जनाएको प्रतिवेदनमा उल्लेख छ । अध्ययनका लागि राष्ट्र बैङ्कले वैदेशिक रोजगारीमा जान लागेका र फर्किएका ३८५ जनासँग स्थलगत सर्वेक्षण गरेको थियो । प्रतिवेदनले वैदेशिक रोजगारीपत्रमा आकर्षण बढाउन बचतपत्रको अभौतिकीकरण गर्नुपर्ने र परिपक्क भएको साँवाब्याज खरिदकर्ताको बैङ्क खातामा प्राप्त हुने व्यवस्था मिलाउनुपर्ने सुझाव दिएको छ ।

बिज्ञापन

त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले विदेशस्थित विदेशी मुद्राको बैङ्क खाताबाट समेत खरिद गर्न पाउने व्यवस्था मिलाउनुपर्ने सुझाव अध्ययनको छ ।त्यस्तै सरकारले नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र छुट्टाछुट्टै निकाल्नुभन्दा एकै प्रकारको बचतपत्र व्यवस्था गर्ने तर गैरआवासीय नेपाली र वैदेशिक रोजगारमा रहेका नेपालीलाई बचतपत्र खरिदमा विनिमयदरमार्फत सहुलियत दिने व्यवस्था गर्नुपर्ने सुझावसमेत अध्ययन प्रतिवेदनमा समेटिएको छ । त्यस्तै बचतपत्र मुलुकको सर्वाधिक महत्वका पूर्वाधार आयोजना लक्षित वित्तीय साधन जुटाउन बचतपत्र निकाल्नुपर्ने सुझावसमेत दिइएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते