होमपेज > चट्याङ्का कारण भरतपुर अस्पतालको एमआरआई मेसिनको एमप्लिफायर बिग्रिंदा सेवा बन्द

चट्याङ्का कारण भरतपुर अस्पतालको एमआरआई मेसिनको एमप्लिफायर बिग्रिंदा सेवा बन्द

बिज्ञापन
बिज्ञापन

चितवनको भरतपुर अस्पतालमा केही साता अगाडि जोडिएको एमआरआई मेसिनको एमप्लिफायर चट्याङ्का कारण बिग्रिंदा सेवा बन्द भएको छ ।

बिज्ञापन

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार १६ गते परेको चट्याङ्गले मेसिनमा जडान गरिएको एमप्लिफायर बिग्रिएको थियो ।अस्पतालका रेडियोलोजी विभागका प्रमुख डा. केशव पौडेलले चट्याङले बिग्रिएको सामान जर्मनीबाट मगाउनु पर्ने बताए । अर्थिङ्ग भए पनि मेसिनमा चट्याङ्गले क्षति गरेको डा. पौडेलले बताए । ‘जर्मनीबाट सामानको अर्डर भैसकेको भन्ने सुनेको छु, केही दिनमा नै नेपाल आउने र जडान गर्ने भन्ने सूचना छ,’ डा.पौडेलले भने, ‘चाँडै नै सेवा पुनः सुचारु हुने विश्वासमा छौं ।’

बिज्ञापन

अस्पतालमा एमआरआई सेवा ४ दिनदेखि बन्द हुँदा बिरामीलाई समस्या पर्न थालेको छ । दैनिक १४/१५ जना बिरामीको एमआरआई हुँदै आएको डा। पौडेलले बताए ।जर्मनीमा बनेको सिमेन्स कम्पनीको ‘थ्री टेस्ला ६४ च्यानल’को सो मेसिन गत जेठ २३ गते अस्पतालमा ल्याइएको थियो ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते