होमपेज > नेपाल हङकङसँग मात्र दुई रनले पराजित

नेपाल हङकङसँग मात्र दुई रनले पराजित

बिज्ञापन
बिज्ञापन

युगाण्डामा भइरहेको चार देशीय टी–२० महिला क्रिकेट श्रृंखलाको तेस्रो खेलमा नेपाल पराजित भएको छ । नेपाल हङकङसँग मात्र दुई रनले पराजित भएको हो ।

बिज्ञापन

नेपालले १०१ रनको चुनौती पछ्याउने क्रममा निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ९८ रन बनायो । कप्तान इन्दू बर्माले सर्वाधिक रन जोड्ने क्रममा ३३ बलमा ३२ रन बनाइन् । त्यस्तै पूजा महतोले १९ तथा बिन्दू रावलले १४ रन बनाइन् । त्यस्तै रोमा थापाले अविजित रहँदै १२ बलमा १३ रन बनाइन् ।

बिज्ञापन

खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्दै हङकङलाई सय रनमै रोक्यो । हङकङले ७ विकेटको क्षतिमा सय रन बनाएको हो । कप्तान नताशा माइल्सले ३५ रन बनाइन् । नेपालका लागि ईश्वरी विष्ट र ईन्दू बर्माले समान २–२ तथा पूजा महतो र रचनाकुमारी चौधरीले १–१ विकेट लिइन् । यो श्रृंखलामा नेपालले खेलेका तीन खेलमध्ये एक जित र दुई हार बेहोरेको छ । त्यस्तै हङकङले तीन खेलमा दुई जित र एक हार बेहोरेको छ ।

पहिलो चरण सकिएसँगै नेपालले दोस्रो चरणमा बुधबार (मार्च १२) नामिबियाविरुद्ध खेल्नेछ । पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो । त्यस्तै बिहीबार युगाण्डाविरुद्ध र शुक्रबार फेरि हङकङविरुद्ध खेल्ने तालिका रहेको छ ।त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते