होमपेज > राइट टु प्रोटिन रन हाफ म्याराथनको उपाधि राजन र सन्तोषीलाई

राइट टु प्रोटिन रन हाफ म्याराथनको उपाधि राजन र सन्तोषीलाई

बिज्ञापन
बिज्ञापन

राइट टु प्रोटिन रन हाफ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका राजन रोकाय र सन्तोषी श्रेष्ठले जितेका छन्।

बिज्ञापन

शनिबार भएको म्याराथनअन्तर्गत पुरुषतर्फ विजेता राजनले निर्धारित दूरी १ घण्टा ६ मिनेट १० सेकेण्डमा पूरा गरे। आर्मीकै खडक बहादुर खड्का दोस्रो र वाहोमका जुलियस मुर्कुली तेस्रो भए। खडकले १ घण्टा ६ मिनेट १५ सेकेण्ड र जुलियसले १ घन्टा ६ मिनेट २० सेकेन्डमा दूरी पूरा गरे।

बिज्ञापन

त्यस्तै महिलातर्फ सन्तोषीले १ घण्टा २० मिनेट ४८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै उपाधि जितेकी हुन्। आर्मी क्लबकी पूर्ण लक्ष्मी न्यौपाने दोस्रो र एपिएफ क्लबकी पुष्पा भण्डारी तेस्रो भइन्। पूर्णलक्ष्मीले १ घण्टा २२ मिनेट ५१ सकेन्ड र पुष्पाले १ घन्टा २४ मिनेट २१ सेकेन्डमा दौड पूरा गरेकी थिइन्।

त्यस्तै पुरुष खुला १० किलोमिटर दौडमा सञ्जय विजयी भए। सञ्जयले निर्धारित दूरी ३० मिनेट १०।७ सेकेण्डमा पूरा गरे। महिला ५ किलोमिटरको उपाधी एपीएफ क्लबकी फुलमती रानाले जितिन्। उनले निर्धारित दूरी २३ मिनेट १३ सेकेण्डमा पूरा गरिन्। ह्वलचेयर पुरुषतर्फ भने रमेश खत्री विजयी भए। उनले निर्धारित दूरी ११ मिनेट ५० सकेण्डमा पूरा गरेका थिए। ह्वेलचेयरकै महिला तर्फ भने ऐश्वर्य कुमारी कुमालले पहिलो स्थान हासिल गरिन्।

बिज्ञापन

उनले निर्धारित दूरी १५ मिनेट ४४ सेकेण्डमा पूरा गरिन्। नेपाल भेटेरिनरी संघको आयोजनामा भएको राइट टु प्रोटिन रनको‌ विजेता सन्तोषी र राजनले समान १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेका छन्।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते