होमपेज > सौर्य एयरका पाइलट शाक्य अस्पतालबाट डिस्चार्ज हुँदै, दुर्घटनाबारे बोल्न निषेध

सौर्य एयरका पाइलट शाक्य अस्पतालबाट डिस्चार्ज हुँदै, दुर्घटनाबारे बोल्न निषेध

बिज्ञापन
बिज्ञापन

गत साउन ९ गते त्रिभुवन विमानस्थलबाट पोखरा जाने क्रममा काठमाडौंमा भएको सौर्य एयरको जहाज दुर्घटनामा घाइते पाइलट मनिषरत्न शाक्य बिहीबार अस्पतालबाट डिस्चार्ज हुने भएका छन् ।

बिज्ञापन

काठमाडौं मेडिकल कलेजका निर्देशक प्रा.डा. मीना थापाले क्याप्टेन शाक्यको स्वास्थ्यमा निकै सुधार भएकाले डिष्चार्ज गर्ने तयारी भएको जानकारी दिइन् । उनले तत्कालै काममा फर्किन सक्ने अवस्था नरहेपछि स्वास्थ्य अवस्था सुधार भएकाले घरमै आराम गराएर उपचार जारी रहने बताइन् । शाक्यको ढाडमा देखिएको समस्या अप्रशेन गर्नुनपर्ने हुन सक्ने उनले बताइन् । उपचारका क्रममा क्याप्टेन शाक्यले जहाजमाथि पुगेपछि नियन्त्रणमा लिन नसकेको मात्रै बताएको डा। थापाले उल्लेख गरिन् ।

बिज्ञापन

क्याप्टेन शाक्यको स्वास्थ्य अवस्थाको जानकारी लिदै कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले चिकित्सकको मेहनतका कारण अवस्था सुधार हुँदै गएकोमा खुसी व्यक्त गरे । अस्पतालका प्रमुख तथा नेपाली कांग्रेसका सांसद सुनील शर्माले समयमा नै उपचार सुरु गरेका कारण क्याप्टेन शाक्यले छिट्टै स्वास्थ्यलाभ गरेको बताए । शाक्य ९ गतेदेखि काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको थियो । उनको स्वास्थ्य अवस्था हाल सामान्य रहेको अस्पतालले जनाएको छ । पाइलट शाक्यको मेरुदण्ड र करङमा चोट लागेको थियो । डिस्चार्ज भए पनि उनलाई नेपाल नागरिक उड्ययन प्राधिकरणले जहाज दुर्घटनाबारेमा कुनै किसिमको टिप्पणी गर्न र बोल्न रोक लगाएको छ।

सरकारले उक्त प्रकरणमा छानबिन अघि बढाइसकेकाले दुर्घटनामा बाँचेका एक मात्रै पात्र शाक्यलाई बोल्न रोक लगाएको हो । नियमित परीक्षणका लागि काठमाडौंबाट कम्पनीकै कर्मचारी र प्राविधिक लिएर पोखरा जाने क्रममा उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । विमान दुर्घटना हुँदा एकजना नाबालक, यमनका नागरिकसहित १८ जनाको ज्यान गएको थियो । दुर्घटनामा बाँचेका पाइल शाक्यलाई तत्कालै अस्पताल लगिएको थियो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते