होमपेज > सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु

सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु

बिज्ञापन
बिज्ञापन

 

बिज्ञापन

चीनको एक सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । शिन्हुहान प्रान्तको जिगोंग शहरमा १४ तले सपिङ सेन्टरमा बुधबार बेलुकी आगलागी भएको थियो । सरकारी समाचार एजेन्सीका अनुसार घटनास्थलमा रातभर आगो निभाउने र उद्धार गर्ने काम जारी थियो । त्यहाँबाट ३० जनालाई सुरक्षित उद्धार गरिएको थियो ।

बिज्ञापन

आगलागीको कारण खुलेको छैन । तर प्रारम्भिक अनुसन्धानमा भवनमा जारी निर्माण कार्य भइरहेका बेला त्यहीँबाट आगो सल्किएको अनुमान छ । आगो लागेको बेला भवन भित्र र त्यस वरपरको क्षेत्रमा कालो धुँवाको मुस्लो उडेको थियो ।

चीनमा धेरैजसो बिजुली सर्ट भएर वा ग्याँस लिक भएर आगलागीका घटना हुने गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार गत मई महिनासम्मको अवधिमा आगलागीका घटना गत वर्षको तुलनामा १९ प्रतिशत बढी भएको छ । होटल र रेष्टुरेन्टमा मात्रै ४० प्रतिशतले आगलागीका घटना बढेका छन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते