होमपेज > १८ कम्पनीको सेयर मूल्य हालसम्मकै सबैभन्दा उच्च, कुन कम्पनीको कति?

१८ कम्पनीको सेयर मूल्य हालसम्मकै सबैभन्दा उच्च, कुन कम्पनीको कति?

बिज्ञापन
बिज्ञापन

सेयर बजार बढ्दै जाँदा डेढ दर्जन कम्पनीको मूल्य भने हालसम्मकै उच्च भएको छ । बुधबार उच्च मूल्य कायम भएका अधिकांश कम्पनी यसअघिको बुल चरण सकिएपछि प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेकाहरू छन् ।

बिज्ञापन

यतिबेला कुनै पनि सेक्टरका सूचकले उच्च अंकको रेकर्ड बनाएका छैनन् । तर १८ कम्पनीको भाउ अहिलेसम्मकै उच्च भएको छ । यसअघि बोनस सेयर वा हकप्रद सेयर दिएको अवस्थामा समायोजनसहित १८ कम्पनीको मूल्य हालसम्मकै उच्च भएको हो ।

बिज्ञापन

हालसम्मकै उच्च मूल्य भएका कम्पनीमा अधिकांश हाइड्रोपावर छन् । बुधबार इन्ट्राडे वा कारोबार बन्द हुँदा १८ कम्पनीको मूल्य हालसम्मकै उच्च भएको हो । तीमध्ये एक होटल, एक विकास बैंक, एक फाइनान्स कम्पनी छन् भने बाँकी १५ हाइड्रोपावर कम्पनी छन् । सिटी होटल, ग्रीन डेभलपमेन्ट बैंक तथा मल्टिपर्पस फाइनान्सको मूल्य हालसम्मकै उच्च भएको छ ।

मूल्य अहिलेसम्मकै उच्च हुने हाइड्रोपावर कम्पनीहरुमा मन्दाकिनी हाइड्रोपावर, माइखोला हाइड्रोपावर, सानिमा मिडिल तमोर, सुपर माइ हाइड्रोपावर, सीईडीबी हाइड्रोपावर, ग्रीन भेन्चर, अपर सोलु हाइड्रोपावर, भूगोल इनर्जी, माथिल्लो मैलुङखोला, मेन्छियाम हाइड्रोपावर, अपरहेवाखोला, इङवा हाइड्रोपावर, रावा इनर्जी, सिक्लेस हाइड्रोपावर र सयपत्री हाइड्रोपावर कम्पनी छन् ।

बिज्ञापन

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते