फरार रहेका तीनकुनेमा गरिएको राजावादीको प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंको खोजी प्रहरीले तीव्र पारेको छ।
बिज्ञापन
शुक्रबार ‘राजसंस्था पुनर्स्थापनाका लागि भन्दै आयोजना गरिएको प्रदर्शन हिंसात्मक बनेसँगै उनी कार्यक्रम स्थलबाट भागेका थिए। प्रहरीले तिनकुनेको मञ्चमा अश्रुग्याँस प्रहार गरेपछि गैरीगाउँको पेट्रोल पम्प नजिकैको घरको सटरमा पसेका प्रसाईँ स्कोर्पियो चढेर त्यहाँबाट हिँडेका उनी अहिलेसम्म फरार रहेको प्रहरीले जनाएको छ।
बिज्ञापन
उनको खोजीमा प्रहरीका ३ युनिट खटिएका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला पहरी परिसर काठमाडौँ र प्रहरी प्रधान कार्यालयको टोलीले उनको खोजी तीव्र बनाएका छन्।








