होमपेज > मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सारबाट समेत आयात घट्दो अवस्थामा

मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सारबाट समेत आयात घट्दो अवस्थामा

बिज्ञापन
बिज्ञापन

देशको समग्र वैदेशिक व्यापार खुम्चिँदो अवस्थामा रहँदा मुख्य व्यापारिक नाकाका रूपमा रहेको वीरगञ्ज भन्सारबाट समेत आयात उल्लेख्य घटेको छ । चालु आर्थिक वर्ष (२०८०/८१) को १० महिनाको अवधिमा वीरगञ्ज भन्सारबाट हुने आयात ४५ अर्ब रुपैयाँले घटेको हो ।

बिज्ञापन

भन्सार विभागको तथ्याङ्कअनुसार चालु वर्षको १० महिनाको अवधिमा वीरगञ्ज भन्सार कार्यालयबाट ४ खर्ब ४७ अर्ब ३४ करोड रुपैयाँको आयात भएको छ । जबकि, आर्थिक वर्ष २०७९/८० को यही अवधिमा सो नाकाबाट ४ खर्ब ९२ अर्ब ४० करोड रुपैयाँको आयात भएको थियो ।

बिज्ञापन

यतिबेला देशको समग्र आयात नै २।३९ प्रतिशतले खुम्चिएको छ । यसको प्रभाव देशको सबैभन्दा बढी चलायमान नाकाका रूपमा रहेको वीरगञ्जमा समेत देखिएको हो । यो नाकाबाट सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात हुन्छ । पेट्रोलियम पदार्थको आयात समग्रमा खुम्चिँदा नाकाबाट हुने आयात स्वतः घट्छ नै ।

वीरगञ्ज भन्सार नाकाबाट हुने कुल आयातको ४७ प्रतिशत हिस्सा पेट्रोलियम पदार्थको छ । भन्सार कार्यालयका अनुसार यस अवधिमा यो नाकाबाट पेट्रोलियम पदार्थको आयात ११ प्रतिशतले घटेको छ । देशको अर्थतन्त्र शिथिल अवस्थामा रहँदा र विकास खर्च नहुँदा पेट्रोलियम पदार्थको आयातमा समेत प्रभाव परेको हो ।

बिज्ञापन

मुख्यगरी पेट्रोलियम पदार्थको खपत विकास निर्माणका काममा हुन्छ । सार्वजनिक यातायातसँगै विकास निर्माणमा प्रयोग हुने ‘हेभी इक्यूपमेन्ट’मा ठुलो मात्रामा डिजेलको खपत हुन्छ । पछिल्ला केही वर्ष यता पेट्रोल, डिजेलको आयात घट्दो अवस्थामा छ । यस्तै खाना पकाउने एलपी ग्यासको आयातसमेत घटेको छ ।

‘सरकारले पुँजीगत खर्च गर्न नसक्दा विकासे काम प्रभावित बनिरहेका छन्,’ वीरगञ्ज भन्सार कार्यालयका प्रमुख डिलाराम पन्थीले भने, ‘पुँजीगत खर्चमा सुधार नहुँदा डिजेल, पेट्रोलको समेत आयात घटेको छ ।’ यसबाट राजस्व सङ्कलनको लक्ष्य नै प्रभावित बनिरहेको छ । चालु वर्षको वैशाख मसान्तसम्मको अवधिमा वीरगञ्ज नाकाबाट १ खर्ब २८ अर्ब राजस्व सङ्कलन भएको छ ।

सरकारले चालु वर्षमा यो नाकाबाट २ खर्ब ४५ अर्ब ६८ करोड राजस्व सङ्कलनको लक्ष्य राखेको थियो । कार्यालयका प्रमुख पन्थीका अनुसार यस अवधिसम्ममा लक्ष्यको ५१ दशमलव ८४ प्रतिशतमात्रै राजस्व सङ्कलन भएको छ । यो तथ्याङ्कले यो वर्ष पनि अर्थतन्त्र चलायमान बन्न नसकेको देखाउने कार्यालय बताउँछ ।यो नाकाबाट वैशाख मसान्तसम्म ७८ अर्बको डिजेल (पाइपलाइनबाट) , २९ अर्बको पेट्रोल आयात भएको छ । यस्तै खाना पकाउने एलपी ग्यासको आयात २२ अर्बको भएको छ । गत वर्षको यही अवधिमा यो नाकाबाट ८३ अर्ब रुपैयाँको डिजेल भित्रिएको थियो । यो चालु वर्षको तुलनामा ५ अर्बले बढी हो ।

वीरगञ्ज भन्सारबाट आयात हुने कुल वस्तुमा पेट्रोलियम पदार्थको हिस्सा ४७ प्रतिशत, सवारी साधनको १० प्रतिशत, फलामजन्य कच्चा पदार्थको ५ प्रतिशत, खाने तेलको कच्चापदार्थको हिस्सा ४ देखि ५ प्रतिशत छ । यस्तै कुल आयातमा उपभोग्य वस्तु आयातको हिस्सा ३० प्रतिशत आसपास छ ।

यो अवधिमा खाने तेलको कच्चा पदार्थको आयात समेत खुम्चिएको छ । ‘खाने तेलको कच्चा पदार्थ आयात ६० देखि ६४ प्रतिशतले घटेको छ,’ पन्थीले भने, ‘यसबाहेक औद्योगिक कच्चा पदार्थको आयात पनि २१ प्रतिशतले घटेको छ ।’

यो नाकाबाट भित्रिने औद्योगिक कच्चा पदार्थ, कोइला लगायतको आयात समेत ६५ प्रतिशतले घटेको छ । यसले सो क्षेत्र आसपासमा रहेका औद्योगिक क्षेत्र चलायमान नबनेको देखाउँछ ।बारा–पर्सा औद्योगिक कोरिडोरमा साना–ठुला गरी ८ सय उद्योग सञ्चालनमा छन् । जसमध्ये ३० देखि ३५ प्रतिशत उद्योगमात्रै अहिले सञ्चालनमा रहेको वीरगञ्ज उद्योग वाणिज्य सङ्घ बताउँछ । कोरिडोरमा सञ्चालनमा रहेका फलाम र खाने तेलका उद्योग बढी समस्यामा परेको सङ्घको भनाइ छ ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते