आज मंगलबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेको हो ।
बिज्ञापन
सोमबार प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १२ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बिज्ञापन
आज तेजावी सुनको मूल्य पनि तोलामा १२ सय रुपैयाँले नै घटेर तेजावी सुन प्रतितोला १ लाख ३९ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले घटेर प्रतितोलामा १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।








