होमपेज > सगरमाथा दिवसका अवसरमा सगरमाथा आरोहीलाई पर्यटन प्रवर्द्धकमा नियुक्त गरिने

सगरमाथा दिवसका अवसरमा सगरमाथा आरोहीलाई पर्यटन प्रवर्द्धकमा नियुक्त गरिने

बिज्ञापन
बिज्ञापन

सरकारले सगरमाथा आरोहीलाई पर्यटन प्रवर्द्धक नियुक्ति गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा पर्यटन प्रवर्द्धक नियुक्त गर्न लागेको हो ।

बिज्ञापन

मन्त्रालयको पर्यटन प्रवर्द्धन शाखाले आइतबार सूचना प्रकाशित गर्दै अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यविधि, २०७९ बमोजिम नियुक्ति भएका देश/प्रान्त/सहरमा बाहेक अन्य स्थानमा पर्यटन प्रवर्द्धन नियुक्ति गर्ने कार्यक्रम तय भएकाले मापदण्ड पुगेका इच्छुक सगरमाथा आरोहीलाई सात दिनभित्र पर्यटन प्रवर्द्धन शाखामा निवेदन पेस गर्न आग्रह गरेको छ ।

बिज्ञापन

पर्यटन प्रवर्द्धन शाखाका उपसचिव अनिल किरातीका अनुसार सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्ने आरोहीलाई पर्यटन प्रवर्द्धकमा नियुक्त गरिनेछ । यसअघि नियुक्त भएका देश र सहरका २९ जना प्रवद्र्धकबाहेकका मुलुकमा सगरमाथा आरोहीलाई पर्यटन प्रवर्द्धक नियुक्त गरिने उपसचिव किरातीले बताए । पर्यटन मन्त्रालय (२०८० फागुन १३ गतेको मन्त्रिस्तरीय निर्णय)ले विश्वमा नेपालको पर्यटन प्रवर्द्धन गर्न २९ जनालाई पर्यटक प्रवर्द्धक नियुक्त गरेको थियो ।

पर्यटन प्रवर्द्धकका लागि २१ वर्ष उमेर पूरा भएको नेपाली वा गैरआवासीय नेपाली एवं विदेशी नागरिक हुनुपर्नेछ । पर्यटनसम्बन्धी व्यापार, पेसामा कम्तीमा ७ वर्षदेखि संलग्न रही ख्याति प्राप्त गरेको वा नेपालप्रति सद्भाव र रुचि भई नेपालको पर्यटन प्रवर्द्धन गर्न सक्ने राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त गरेको हुनुपर्ने मापदण्ड राखिएको छ ।

बिज्ञापन

विश्व पर्यटन बजारमा नेपाललाई आकर्षक, रमणीय र सुरक्षित पर्यटकीय गन्तव्यस्थलका रूपमा परिचित गराउँदै स्वयंसेवी भावनाका साथ नेपालको प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक एवं जैविक सम्पदा एवं खेलकुद, मनोरञ्जनको सम्भावनालाई अन्तर्राष्ट्रियस्तरमा फैलाउन सहयोग पुर्‍याउने सगरमाथा आरोहीलाई पर्यटन प्रवर्द्धक नियुक्त गरिने सूचनामा भनिएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते