फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (बिहीबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।
बिज्ञापन
कालीमाटीमा आज धेरैजसो तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको छ। कालीमाटीमा आज पनि सबैभन्दा सस्तो तरकारी स्कुस छ भने महँगो तरकारी कुरिलो छ। कालीमाटीमा आज च्याउ, घिरौँला, आलुसहितका तरकारीको मूल्य बढेको छ। तर, काउली, प्याज, सागसहितका तरकारीको मूल्य भने घटेको छ।
बिज्ञापन
कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९५, सानो नेपाली गोलभेँडा ७०, रातो आलु ६७, सेतो आलु ६१, सुकेको भारतीय प्याज ९५, लोकल गाँजर १५०, लोकल बन्दा ७५, लोकल ज्यापु काउली ११०, तराईको काउली ८५, रातो मुला ५५, सेतो मुला ४५, तने बोडी १४५, मकै बोडी ६५ रुपैयाँ प्रतिकिलो छ।
त्यसैगरी करेला ११०, लौका ६५, परबल ८५, चिचिन्डो ५५, घिरौँला ९५, पाकेको फर्सी ४५, हरियो फर्सी ५५, भिन्डी ९५, पिँडालु ६५, स्कुस २५, रायोको साग ४५, चम्सुरको साग १४०, तरुल ८५, कन्य च्याउ १९०, डल्ले च्याउ २७६, कुरिलो ११५०, ब्रोकाउली ११६ रुपैयाँ प्रतिकिलो छ।
बिज्ञापन








