होमपेज > आजकै दिन सार्वजनिक गरेको थियो एप्पल कम्पनीले पहिलो आइफोन

आजकै दिन सार्वजनिक गरेको थियो एप्पल कम्पनीले पहिलो आइफोन

बिज्ञापन
बिज्ञापन

सन् २००७ मा आजकै दिन (जनवरी ९) मा एप्पल कम्पनीले पहिलो पटक आइफोन सार्वजनिक गरेको थियो । अमेरिकाको क्यालिफोर्नियास्थित सान फ्रान्सिस्कोमा आयोजित म्याकवर्ल्ड एस्पोमा एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्टिभ जब्सले पहिलो आइफोन सार्वजनिक गरेका थिए ।

बिज्ञापन

एप्पलले पहिलो आइफोनको बिक्री २००७ को जुन २९ देखि सुरु गरेको थियो । ३.५ इन्चको एलईडी डिस्प्ले र दुई मेगापिक्सलको क्यामेरा रहेको आइफोनको अपरेटिङ सिस्टम आईओएस ३.१.३ थियो । उक्त मोडलको मूल्य ४ जीबीको ४९९ र ८ जीबीको ५९९ अमेरिकी डलर तोकिएको थियो । लामो समयको चर्चा र चासोबीच सुरु भएको पहिलो आइफोनले स्मार्टफोनको बजारमा नयाँ उत्साह र रेकर्डसमेत कायम गरेको थियो ।

बिज्ञापन

डेढ दशकभन्दा लामो यात्रामा एप्पलले पछिल्लो पटक १५ औं मोडल सार्वजनिक गरिसकेको छ । एप्पल कम्पनीका सहसंस्थापक जब्स आइफोनका पिता मानिन्छन् । उनी १९७० र ८० को दशकको ‘कम्प्युटर क्रान्ति’ का अगुवासमेत हुन् । उनको नेतृत्वमा एप्पलले विकास गरेका आइफोन र कम्प्युटर संसारमै चर्चित छन् । एप्पललाई प्रविधि कम्पनीका रूपमा सबैभन्दा सफल र शक्तिशाली बनाउने श्रेय पनि उनैलाई जान्छ ।

बिज्ञापन

१९५५ को फेब्रुअरी २४ मा जन्मिएका जब्सले स्टिभ वोज्निआक र रोनाल्ड वायनसँग मिलेर १९७६ को अप्रिल १ मा एप्पल कम्पनी स्थापना गरेका थिए । कम्पनीले सोही वर्ष ‘एप्पल माइक्रो कम्प्युटर–१’ बनाएको थियो । २०११ अगस्ट २४ मा एप्पलको सीईओबाट राजीनामा दिएका जब्सको २०११ कै अक्टोबर ५ मा निधन भएको हो ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते