होमपेज > बैंकहरुले सुदुरपश्चिममा बढाए कृषि कर्जा

बैंकहरुले सुदुरपश्चिममा बढाए कृषि कर्जा

बिज्ञापन
बिज्ञापन

बैंक तथा फाईनान्स कम्पनीहरुले सुदुरपश्चिम प्रदेशको कृषि क्षेत्रमा कर्जा बढाएका छन् । नेपाल राष्ट्र बैंकले आईतबार सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन सम्वन्धी सुदूरपश्चिम प्रदेशको वार्षिक प्रतिवेदर्न २०७९/०८० अनुसार २०८० असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट सुदूरपश्चिम प्रदेशमा कृषिमा प्रवाहित कर्जा २०७९ असार मसान्तको तुलनामा १० प्रतिशतले बढेर १६ अर्ब ७४ करोड ८४ लाख रुपैंयाँ पुगेको हो ।

बिज्ञापन

गत वर्षको सोही अवधिमा यस्तो कर्जा २६ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा कुल कृषि कर्जामध्ये सबैभन्दा बढी अन्य कृषि तथा कृषिजन्य सेवामा २२ दशमव २६ प्रतिशत प्रवाह भएको छ भने सबैभन्दा कम शुन्य दशमलव ००३ प्रतिशत सनपाट शीर्षकमा प्रवाह भएको छ । प्रतिवेदन अनुसार समीक्षा वर्षमा यस प्रदेशमा प्रवाहित कुल कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाहित कर्जाको अंश ११ दशमलव शुन्य चार प्रतिशत रहेको छ ।

बिज्ञापन

कृषि क्षेत्रमा प्रवाहित कर्जामध्येकैलाली जिल्लाको अंश ६६ दशमलव १२ प्रतिशत, कञ्चनपुरको २० दशमलव ४७ प्रतिशत, डडेलधुरा, डोटी, दार्चुला, बझाङ, अछाम, बैतडी, तथा बाजुराको अंश क्रमशः तीन दशमलव ५२ प्रतिशत, दुई दशमलव २० प्रतिशत, एक दशमलव ९३ प्रतिशत, एक दशमलव ८९ प्रतिशत, एक दशमलव ५५ प्रतिशत, एक दशमलव ४१ प्रतिशत र शुन्य दशमलव ९० प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका अनुसार २०८० असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २०७९ असार मसान्तको तुलनामा चार दशमलव ७० प्रतिशतले वृद्धि भई २६ अर्ब ८९ करोड २ लाख पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा चार दशमलव २१ प्रतिशतले घटेको थियो । कुल प्रवाहित कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित भएको कर्जाको अंश १७ दशमलव ७२ प्रतिशत रहेको छ ।

बिज्ञापन

समीक्षा वर्षसम्ममा कुल औद्योगिक कर्जामध्ये खानी सम्बन्धी उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी ३० दशमलव ३२ प्रतिशतले वृद्धि भएको छ भने विद्युत, ग्यास तथा पानी सम्बन्धी उद्योगमा सबैभन्दा बढी सात दशमलव ७१ प्रतिशतले ह्रास आएको छ । कुल औद्योगिक कर्जामध्ये कृषि, वन तथा पेय पदार्थ उत्पादन सम्बन्धी उद्योगमा ४० दशमलव ८४ प्रतिशत, गैर खाद्यवस्तुसम्बन्धी उद्योगमा २९ दशमलव ७८ प्रतिशत, निर्माण सम्बन्धी उद्योगमा २०.५७ प्रतिशत, धातुको उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक उद्योगमा छ दशमलव ९६ प्रतिशत, विद्युत, ग्याँस तथा पानी उद्योगमा एक दशमलव १० प्रतिशत र खानीसम्बन्धी उद्योगमा शुन्य दशमलव ७५ प्रतिशत अंश रहेको छ ।

समीक्षा वर्षमा यस प्रदेशमा प्रवाह भएको कुल औद्योगिक कर्जामध्ये कैलाली जिल्लाको अंश सबैभन्दा बढी ७८ दशमलव ४८ प्रतिशत रहेको छ भने बझाङ जिल्लाको अंश सबैभन्दा कम शुन्य दशमलव ३१ प्रतिशत रहेको छ । यसैगरी, कञ्चनपुर, डडेल्धुरा, डोटी, दार्चुला, अछाम, बैतडी तथा बाजुराको अंश क्रमशः १६ दशमलव ५६ प्रतिशत, एक दशमलव ६० प्रतिशत, एक दशमलव शुन्य चार प्रतिशत, शुन्य दशमलव ४२ प्रतिशत, शुन्य दशमलव ६९ प्रतिशत, शुन्य दशमलव ५२ प्रतिशत र शुन्य दशमलव ३८ प्रतिशत रहेको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते