होमपेज > बक्यौता रकम किस्ताबन्दीमा बुझाउन विद्युत प्राधिकरणको आव्हान

बक्यौता रकम किस्ताबन्दीमा बुझाउन विद्युत प्राधिकरणको आव्हान

बिज्ञापन
बिज्ञापन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत महसुसवापत्को बक्यौता महसुल रकम किस्ताबन्दीमा बुझाउन सार्वजनिक आह्वान गरेको छ । डेडिकेडेट र ट्रंक लाइनको बक्यौता नबुझाएको भन्दै उद्योगहरूको लाइन काटिएपछि व्यवसायी आन्दोलित भइरहेका बेला प्राधिकरणले यस्तो सूचना निकालेको हो ।

बिज्ञापन

प्राधिकरणले तिर्न बाँकी बक्यौता रकम बुझाउन ३० दिनभित्र प्राधिकरणमा आवेदन दिन भनेको छ । प्राधिकरणको १६ पुसमा बसेको बैठकले प्राधिकरणका विभिन्न संरचनाबाट विद्युत सेवा प्राप्त गरेका उपभोक्ताहरूले तिर्न बाँकी रहेको बक्यौता किस्ताबन्दीमा तिर्न पाउने गरी व्यवस्था गर्ने निर्णय गरेको थियो । त्यहीअनुसार प्राधिकरणले मंगलबार सूचना निकालेर यस्तो आह्वान गरेको हो ।

बिज्ञापन

‘विगतदेखि रहेको बक्यौता विद्युत महसुल रकम असुल उपर गर्न एक पटकका लागि बढीमा ६० महिना सम्मको किस्ताबन्दीमा बुझाउन पाउने गरी विशेष व्यवस्था गरिएको हुँदा यो सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी किस्ताबन्दीको सुविधाका लागि आवेदन दिनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ प्राधिकरणले भनेको छ ।

डेडिकेडेट र ट्रंक लाइनको बक्यौता नबुझाउने उद्योगहरूको लाइन काटिएको छ । जसका कारण उद्योगी–व्यवसायीहरू आन्दोलित हुँदै आएका छन् । यससम्बन्धी विवाद सुल्झाउन प्रधानमन्त्री पुष्पकमल दाहालले समेत चासो दिएका छन् । सोमबार मात्रै प्रधानमन्त्री दाहालले महसुस पनि उठ्ने, र उद्योगहरू पनि बन्द नहुने गरी समन्वय गर्न निर्देशन दिएका थिए ।

बिज्ञापन

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते