होमपेज > पूँजी बजार क्षेत्रमा लगानी बढिरहेको छः अध्यक्ष हमाल

पूँजी बजार क्षेत्रमा लगानी बढिरहेको छः अध्यक्ष हमाल

बिज्ञापन
बिज्ञापन

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले पूँजी बजार क्षेत्रमा लगानी बढिरहेको बताएका छन् । आज बिहीबार एशियन बैकर्स संघ (एबीए)को ३९औं कन्फरेन्समा बोल्दै उनले पछिल्लो समय पूँजी बजार क्षेत्रमा लगानी बढिरहेको बताएका हुन् ।

बिज्ञापन

उनले भने, ‘अर्थतन्त्र कोभिडको चपेटामा पर्यो तर पनि अर्थतन्त्र चलिरहेको छ । अहिले पूँजीबजार क्षेत्रमा लगानी बढ्दै गइरहेको छ । अर्थतन्त्रको आकार पनि बढेकै छ, बैंकहरुको खराब कर्जा बढेको छ । यो स्वाभाविक हो । देश ठूलो महामारीबाट भरखरै बाहिर निस्कन खोजिरहेको छ । केही वर्षमा हामी यसबाट बाहिरिने छौं । त्यसकारण सकारात्मक हुनुपर्छ । देशका ठूला परियोजनाका लागि लगानी जुटाउन बाह्य रकम आवश्यक छ ।’

बिज्ञापन

त्यस्तै, नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले नेपालमा लगानी गर्ने हाल उपयुक्त समय भएको बताए । उनले नेपालको बैंकिङ क्षेत्र सहकार्य गर्न तयार रहेको पनि बताए । ‘नेपालले केही वर्षमै धेरै क्षेत्रमा फड्को मारेको छ । चाहे त्यो बैकिङ क्षेत्रमा होस्, जलविद्युत क्षेत्रमा होस् वा पर्यटन क्षेत्र होस् । देशले २० वर्ष पहिले हरेक क्षेत्रलाई कसरी म्यानेज गर्दै आइरहेको थियो तर अहिले हामी धरै अगाडि बढिसकेका छौं ।’ उनले भने ।

सो कन्फरेन्समा २७ देशका बैंकका सीइओहरुको सहभागिता थियो । कन्फरेन्स भोलिसम्म चल्नेछ। विदेशी बैंकका सीइओहरु बोलाएर कार्यक्रम गरिएको नेपालमा पहिलो पटक भएको नेपाल बैंकर्स संघले बताएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते