होमपेज > बेरोजगार नेपाली युवालाई विदेशमा रोजगारीका लागि हाम्रो कम्पनीले काम गर्नेछः रमेश बाहुन

बेरोजगार नेपाली युवालाई विदेशमा रोजगारीका लागि हाम्रो कम्पनीले काम गर्नेछः रमेश बाहुन

बिज्ञापन
बिज्ञापन

रमेश बाहुन भनेर चिनिने सुजन पौडेल अब व्यवसायमा गाँसिएका छन्। वैदेशिक रोजगारीको क्षेत्रमा हात हालेका उनले दुबईमा बसेर व्यवसाय चलाउनेछन्। त्यसका लागि केहीदिन अघिमात्रै दुबईमा म्यानपावर कम्पनी खोलेका छन्।बाहुन केही समयअघिमात्रै जेलबाट रिहा भएका थिए। करिब ९ वर्ष २ महिना जेल जीवन बिताएपछि अब उनी व्यवसाय र समाजसेवामा जोडिने अभियानमा लागेको बताएका छन्।

बिज्ञापन

‘दुबईमा अलपत्र परेका नेपालीलाई रोजगारीको लागि सजिलो हुनेगरी मैले यहीँबाट व्यवसाय थालेको हुँ’, उनले भने, ‘बेरोजगार नेपाली युवालाई विदेशमा रोजगारीका लागि हाम्रो कम्पनीले काम गर्नेछ।’ भिजिट भिसामा दुबईमा लगेर कैयौँ एजेन्टहरूले थुप्रै नेपाली युवायुवतीलाई अलपत्र पारेका छन्। त्यहाँबाट युरोप लैजाने भन्दै पछिल्लो समय त्यसरी अवैध तरिकाले दुबई जाने र लैजानेहरूको बिगबिगी बढिरहेका बेला बाहुनको यो कम्पनीले उनीहरूलाई सहजीकरण गर्नेछ। यसरी नेपाली दाजुभाइ, दिदीबहिनीहरूलाई अलपत्र पारिएको छ। उहाँहरूको लागि उचित रोजगारीको व्यवस्थाका लागि सजिलो होस् भनेर हामीले यहाँको नियम कानुनअनुसार नै कम्पनी खोलेर काम सुरु गरेका हौँ’, उनले भने, ‘यसरी दुःख पाएका नेपालीलाई हाम्रो कम्पनी सहयोगी बन्नेछ।’

बिज्ञापन

उनको यो सुजनकुमार ह्यूमन रिरोर्सोज कम्पनीले दुबईबाटै युरोपेली देशमा रोजगारीका लागि जान चाहने नेपालीका लागि पनि सेवा दिनेछ। कम्पनी सुरु गरेसँगै उनले दुबईमा रोजगारी गरिरहेका र त्यहाँ अलपत्र परेका नेपालीका बारेमा अध्ययन पनि सुरु गरेका छन्। उनीहरूको अवस्थाका बारेमा सबै कुरा बुझेपछि कम्पनीले उद्धार र रोजगार खोजीको काम थाल्ने उनले बताए।

‘हामीले भर्खर काम सुरु गरेका छौँ। यहाँ धेरै नेपाली अलपत्र परेका छन्, धेरै नेपालीको रोजाइ पनि दुबई नै परेको छ’, उनले भने, ‘हामीले यहाँका नेपालीको अवस्था बुझिरहेका छौँ र चाँडै नै सबै कुरा पत्ता लगाएर हामीले उद्धार पनि गर्नेछौँ। अनि उहाँहरूको रोजगारीको लागि पनि सहयोग गर्नेछौँ।’

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते