नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको हो ।
बिज्ञापन
सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्दै १ लाख १४ हजार ७ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एकैदिन एक हजार रुपैयाँले बढ्न पुगेको हो ।
बिज्ञापन
यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा एक हजार रुपैयाँले नै बढ्दै १ लाख १४ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य पनि आज तोलामा २० रुपैयाँले बढ्दै १ हजार ४ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
हिन्दु नेपालीहरुको अर्को ठूलो पर्व तिहार (दीपावली) पनि नजिकिएको छ । आजदेखि यमपञ्चक सुरु भएको छ । यमपञ्चकको पहिलो दिन, आज धन त्रयोदशी अर्थात् धन्तेरस मनाइँदैछ ।








