होमपेज > सेवाग्राहीसँग घुस लिएको आरोपमा मालपोतका नासु र खरिदारविरुद्ध मुद्दा दायर

सेवाग्राहीसँग घुस लिएको आरोपमा मालपोतका नासु र खरिदारविरुद्ध मुद्दा दायर

बिज्ञापन
बिज्ञापन

भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीका नायव सुब्वा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले मालपोत कार्यालयका नासु कटुवाल र खरिदार अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

बिज्ञापन

नायब सुब्बा कटुवाल र खरिदार अधिकारीले जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग १ लाख ५० रुपैयाँ घुस मागेका थिए । घुस मागेको उजुरी परेपछि आयोगको इटहरी कार्यालयबाट खटेको टोलीले लिएको आरोपमा उनीहरुले सेवाग्राहीबाट पैसा लिइसकेको अवस्थामा रकमसहित पक्राउ गरेको हो । टोलीले कटुवाल र अधिकारीलाई सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घुसररिसवत बापतको रकम लिइसकेको अवस्थामा गत असोज १२ गते नियन्त्रणमा लिइएको थियो ।

बिज्ञापन

अनुसन्धानको सिलसिलामा कटुवाल र अधिकारीको आपसी मिलोमतो तथा योजनामा अंशवण्डा नामसारी गरी दिएबापत सेवाग्राहीसँग डेढ लाख मागी रकम लिएको पुष्टी भएपछि उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा कैद र बिगो डेढ लाख रुपैयाँ कायम गरी विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता भोला दाहालले बताए ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते