होमपेज > पुष्प मेलामा एक करोड १७ लाखको कारोबार

पुष्प मेलामा एक करोड १७ लाखको कारोबार

बिज्ञापन
बिज्ञापन

गत मङ्गलबादेखि सुरु भएको पुष्प मेलामा रु एक करोड १७ लाखको कारोबार भएको छ । रु एक करोड कारोवार हुने लक्ष्य राखेर सुरु गरिएको उक्त मेलामा लक्ष्यभन्दा १७ लाख बढीको कारोबार भएको आयोजक संस्थाले जनाएको छ ।

बिज्ञापन

फ्लोरिकल्चर एशोसिएशसन नेपाल (फ्यान) का अध्यक्ष मीनबहादुर तामाङका अनुसार मेलामा ४५ हजार जनाले अवलोकन गरेका थिए। सत्तरी वटा बिक्री कक्ष रहेको उक्त मेलामा बिक्री भएका फूलमध्ये ५० प्रतिशत गोदावरी फूल बिक्री भएको थियो । मेलामा व्यावसायिक स्टल ६१, प्रतियोगितात्मक स्टल दुई, फ्लावर सजावट स्टल दुई र सूचनामूलक पाँच गरी ७० वटा स्टल रहेका छन् ।

बिज्ञापन

पूर्वबडामहारानी कोमल राज्यलक्ष्मी शाहस्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, सांसद् डा. तोशिमा कार्की, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायतले मेला अवलोकन गरेका थिए । एशोसिएशनले नेपाली पुष्प व्यवसाहीको उत्पादनलाई प्रोत्साहन एवम् प्रबद्र्धन गर्ने मुख्य उद्देश्यका साथै तिहारलाई लक्ष्य गरेर मेला आयोजना गरेको जनाएको छ ।

पछिल्लो समय काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४८ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ । नेपालमा हाल व्यावसायिकरूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । नेपालमा लगभग दुई सय २१ हेक्टर क्षेत्रफलमा करिब एक हजार दुई सय व्यवसायीले यसको खेती गर्दै आएका बताइएको छ ।

बिज्ञापन

मेलामा प्रवेश शुल्कबाट उठेको रकम भूकम्पपीडितका लागि आयोजक संस्थाले हिजो एक दिन मेलामा टिकट बिक्रीबाट उठेको रकमको ५० प्रतिशत रकम गत शुक्रबार राति जाजगरकोट र रुकुमपश्चिममा गएको भूकम्प पीडितका लागि सहयोग गर्ने जनाएको छ । सुरुमा पाँच दिनका लागि भनेर सुरु गरिएको गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको मेला अवधि एक दिन थप गर्दै आजसम्म सञ्चालन गरिएको र उक्त रकम भूकम्पीडितलाई सहयोग गर्ने बताइएको छ ।

एशोसिएशनले भनेको छ, “आइतबारको मेलाको टीकटबाट हुने आम्दानीको ५० प्रतिशत रकम जाजरकोट तथा पश्चिम रुकुम क्षेत्रका भूकम्पपीडितको सहयोगका लागि नेपाल सरकारको कोषमा जम्मा गरिने छ ।” रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ गत मङ्गलवारदेखि सुरु भएको १६औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आइतबार नै सकिएको थियो ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते