होमपेज > सवा ११ करोड राजस्व रकम मालपोत कर्मचारीको खल्तीमा

सवा ११ करोड राजस्व रकम मालपोत कर्मचारीको खल्तीमा

बिज्ञापन
बिज्ञापन

मालपोत कार्यालय पर्सामा जग्गाको लिखत पास गरेको ११ करोड १० लाख ३९ हजार ९ सय ५० रुपियाँ राजस्व सरकारी खातामा दाखिला नगरी पाँच जना मालपोत अधिकृतहरुले आफै हिनामिना गरेको पाइएको छ ।

बिज्ञापन

पाँचजना मालपोत अधिकृतहरुले एकै किसिमबाट रकम हिनामिना गरेको हो। आर्थिक वर्ष २०७१/०७२ मा मालपोत कार्यालय, पर्साको रजिष्ट्रेशन फाँट ‘ग’ का कर्मचारीहरूको मिलेमतोमा जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजस्व रजिष्ट्रेशन दस्तुर र पुँजीगत लाभकर रकम नियमानुसार दाखिला नगरी हिनामिना गरेको पाइएको हो।

बिज्ञापन

अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले उक्त कार्यमा संलग्न तत्कालीन मालपोत अधिकृहरु क्रमशः हरिनारायण मिश्र, भूपबहादुर बोगटी, गोपालबहादुर ढु∙ाना, पदमप्र्रसाद अर्याल, चन्द्रबहादुर भण्डारीसहित कम्प्युटर अधिकृत कमोद तिवारी र नायब सुब्बा किरण प्रसाद उपाध्यायविरुद्ध विशेष अदालतमा सोमबार मुद्दा दायर गरेको छ ।

आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार मिश्रले २०७१र७२ मा मालपोत कार्यालय, पर्साको फाँट ‘ग’ को एकै रजिस्ट्रेसन नम्बरको एकभन्दा बढी लिखत पारित गरेको थियो। सोमध्ये बढी राजस्व रकम उठेको लिखतको विवरण रजिष्ट्रेशन लिखत दर्ता किताबमा प्रविष्टि गरी किताबमा प्रमाणित गर्नुपर्नेमा रजिस्ट्रेसन दर्ता किताब प्रमाणित नगरी आफनै खातामा जम्मा गरेको आयोगको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

बिज्ञापन

मिश्रको हस्ताक्षरबाट पारित भएका लिखतबाट संकलन भएको दुई करोड ९ लाख ३१ हजार ६ सय ४७ रुपैयाँ राजस्व चुहावट भएको आयोगले जनाएको छ। उनी विरुद्ध बिगो कायम हुन गरी भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिवाना र सोही ऐनको दफा ७ बमोजिम राजस्व हिनामिना भएको रकमको दोब्बर जरिवानाको माग दाबी लिइएको आयोगका प्रवक्ता थपलियाले बताए। यो समाचार नागरिक दैनिकमा छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते