होमपेज > तेस्रो पटक विवाह गर्न उखुबारीमा शिशु छोडेर आमा फरार

तेस्रो पटक विवाह गर्न उखुबारीमा शिशु छोडेर आमा फरार

बिज्ञापन
बिज्ञापन

कञ्चनपुरमा उखुबारीमा शिशु छोडेर आमा फरार भएकी छन् । शिशु शुक्रवार बिहान कञ्चनपुर बेलौरी नगरपालिका–७ स्थित स्याली नदीनजिक उखुबारीमा बाँधिएको अवस्थामा भेटिएकी थिइन्। आमा २५ वर्षीया शर्मिला चौधरी ती बालिकालाई राति ७/८ बजेतिर उखुबारीमा बाँधेर भागेकी थिइन्। स्थानीयले बिहान उखुबारीमा बालिका रोइरहेको सुनेपछि प्रहरीलाई खबर गरेका थिए ।

बिज्ञापन

परपुरुषको प्रेमजालमा परेकी आमा शर्मिलाले आफू अविवाहित र एक सन्तानकी आमा भएको प्रमाण लुकाउन बच्चालाई राति उखुबारीमा छाडेर भागेको प्रहरी अनुसन्धानले देखाएको छ। सामाजिक सञ्जालमार्फत चिनजान भएपछि स्थानीय प्रेम चौधरीसँग प्रेम सम्बन्ध गाँसेकी शर्मिलाले तेस्रो पटक विवाह गर्न यस्तो हर्कत गरेको भनाइ प्रहरीको छ। जिल्ला प्रहरीका कार्यालय कञ्चनपुरले प्रेमी प्रेमकै घरबाट उनलाई पक्राउ गरी बेलौरी इलाका प्रहरी कार्यालय ल्याई आवश्यक कारबाहीका लागि अनुसन्धान थालेको छ ।

बिज्ञापन

शर्मिलाविरुद्ध पुनर्बास नगरपालिका–२, अमरैया बस्ने उनकै आमा रामपति र फुफूले कानुनी कारबाहीका लागि प्रहरीमा जाहेरी दिएको छ । उखुबारीमा फेला परेकी ११ महिने बालिकालाई हजुरआमा रामपतिको जिम्मा लगाइएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते