होमपेज > निक्षेपको व्याजदर तोक्न आजदेखि बैंकहरु स्वतन्त्र, कर्जाको व्याजमा कस्तो पर्ला असर?

निक्षेपको व्याजदर तोक्न आजदेखि बैंकहरु स्वतन्त्र, कर्जाको व्याजमा कस्तो पर्ला असर?

बिज्ञापन
बिज्ञापन

बैकिङ क्षेत्रमा अहिले चाहिने भन्दा बढी अधिक तरलता छ । अधिक तरलता भनेको बैंकिङ क्षेत्रमा चाहिने भन्दा बढी लगानीयोग्य रकम हुनु हो । यस्तो रकम दुरुपयोग नहोस भनेर राष्ट्र बैंकले रिर्भस रिपो लगायतका मौंद्रिक उपकरणहरु जारी गरेर बैंकिङ प्रणालीबाट लगानीयोग्य रकम खिचिरहेको छ । तापनि अधिकत तरलता नियन्त्रणमा आईसकेको छैन ।

बिज्ञापन

राष्ट्र बैंकको यसै हप्ता सार्वजनिक गरेको निक्षेप तथा कर्जा सम्वन्धी पछिल्लो विवरण अनुसार अहिले बैंकिङ प्रणालीमा ५७ खर्ब ३० अर्ब रुपैंयाँ निक्षेप रहेको छ भने कर्जा रकम ४८ खर्ब ५३ अर्ब रुपैंयाँ रहेको छ । यो निक्षेप तथा कर्जा रकम मध्ये बाँणिज्य बैंकहरुमा मात्र ५० खर्ब ७३ अर्ब रुपैंयाँ निक्षेप रहेको छ । यो निक्षेप बाँणिज्य बैंकहरुको कुल कर्जा रकम भन्दा सात खर्ब ७९ अर्ब रुपैंयाँले बढी हो । बाँणिज्य बैंकहरुमा अहिले कुल कर्जा रकम ४२ खर्ब ९४ अर्ब रुपैंयाँ रहेको छ ।

बिज्ञापन

यसैगरी बिकास बैंक र फाईनान्स कम्पनीहरुमा भने अहिले कुल निक्षेप छ खर्ब ५७ अर्ब रुपैंयाँ रहेको छ भने कुल कर्जा रकम पाँच खर्ब ५९ अर्ब रुपैंयाँ रहेको छ । अर्थतन्त्रमा आएको सुस्तताको कारण अहिले बैंकिङ क्षेत्रमा नयाँ कर्जाको माग भएको छैन । कर्जाको माग भएको अवस्थामा पनि कर्जा माग गर्ने व्यक्ति वा कम्पनीको सावाँ व्याज तिर्न सक्ने क्षमतामा आर्थिक मन्दीले पारेको असरका कारण कर्जा सुरक्षित नहुने भन्दै बैंकहरुले कर्जा दिन मानिरहेका छैन । आर्थिक बर्ष २०७९–०८० को सकिएको र वित्तीय प्रणालीमा निक्षेप बढेपनि कर्जा बढ्न नसकेका कारण अहिले अधिकतरलता देखिएको हो ।

बैंकिङ क्षेत्रमा देखिएको यही अधिक तरलताको कारण यसअघि बाँणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंर्कस एसोसिएसनले निक्षेपको व्याजदर नबढाउने भद्र सहमती गरेका थिए । तर चालु आर्थिक बर्ष २०८०–०८१ सुरु भएसंगै अर्थात आज साउन १ गते देखि नैं बैंर्कस संघले निक्षेपको व्याजदरलाई खुल्ला छोडिदिएको छ । वित्तीय प्रणालीमा लगानी योग्य रकम बढी भएको अवस्थामा निक्षेपको व्याजदरलाई कसेर राख्नु उपयुक्त नहुने र यसमा सम्वन्धीत बैंकले नैं निर्णय गर्न सक्ने भन्दै बैंर्कस संघले निक्षेपको व्याजदर तोक्न आफ्ना सदस्य बैंकहरुलाई खुल्ला छोडिदिएको हो ।

बिज्ञापन

बैंर्कस संघको सोही निर्णयको कारण साउन एक गते अर्थात आज सोमबारबाट बैंकहरुको निक्षेपको व्याजमा फरक पनि देखिएको छ । सञ्चालनमा रहेका २० वटा बाँणिज्य बैंकहरु मध्येमा एनएमबी बैंकमा निक्षेपको व्याजदर सबै भन्दा बढी देखिएको छ भने स्टान्र्डड चार्टड बैंकमा निक्षेपको व्याज सबैभन्दा कम देखिएको छ । सो अनुसार एनएमबीले निक्षेपमा १० दशमलव ९८ प्रतिशत व्याज दिंदा स्टान्र्डड चार्टडले आठ दशमलव ९५ प्रतिशत व्याज दिने देखिएको छ । एनएमबी सहित एनआईसी एशिया, प्राईम कर्मसिल, नबिल र कुमारी बैंकमा निक्षेपको व्याज १० प्रतिशतको हाराहारीमा रहेको छ ।

बैंर्कस संंघका अनुसार नेपाल इन्भेष्टमेन्ट मेगा, ग्लोवल आईएमई, लक्ष्मी सनराईज, हिमालयन, नेपाल एसबिआई र सिटिजन्स बैंक इन्टरनेशनलमा भने निक्षेपको व्याज नौं प्रतिशतको हाराहारीमा रहेको छ । यसैगरी सानिमा बैंकमा निक्षेपको व्याज नौं दशमलव ५२ प्रतिशत रहेको छ भने कृषि बिकास बैंकमा नौं दशमलव ५१ प्रतिशत रहेको छ । यसैगरी एभरेष्ट, प्रभु र सिद्धार्थ बैंकमा भने निक्षेपको व्याज नौं दशमलव ५० प्रतिशत रहेको छ ।

माछापुच्छे बैंकमा निक्षेपको व्याज नौं प्रतिशत रहेको छ भने राष्ट्रिय बाँणिज्य बैंक र नेपाल बैंकमा निक्षेपको व्याज आठ प्रतिशतको हाराहारीमा रहेको छ । बाँणिज्य बैंकहरुमा निक्षेपको व्याज बढ्दा यसको असर कर्जाको व्याजमा पनि पर्ने देखिएको छ । किनकी कर्जाको व्याजदर तय गर्ने आधार भनेको निक्षेप नैं हो । बैंकहरुले निक्षेपको व्याजदर सार्वजनिक गरे पनि कर्जाको व्याजदर भने औपचारिकरुपमा सार्वजनिक गरिसकेका छैंनन् ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते