कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार)का लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको तरकारीको न्युनतम मूल्यमा हिजोको भन्दा केही गिरावट आएको छ । तुलनात्मकरुपमा तरकारीको मूल्य आइतबारको भन्दा केही सस्तो हुन पुगेको हो । तर, च्याउ, कुरीलो सानो लोकल गोलभेँडामा भने ३० देखि ५० रुपैयाँसम्म मूल्य बढेको छ ।
बिज्ञापन
जसअनुसार ठूलो गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी ८० रुपैयाँ रहेको छ । सानो गोलभेँडाको मूल्यमा भने हिजोको तुलनामा १२ रुपैयाँले बढेर आज प्रतिकेजी ४० रुपैयाँ पुगेको छ ।
बिज्ञापन
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज रातो आलु प्रतिकेजी ४६ रुपैयाँ मूल्य निर्धारण गरेको छ । सेतो आलुको मूल्य ३५ रुपैयाँ न्यूनतम मूल्य राखेको छ । हिजोको तुलनामा दुवैको मूल्य स्थिर छ । स्थानीय काउली प्रतिकेजी १० रुपैयाँले घटेर आज ७० रुपैयाँमा किनबेच भैरहेको छ भने,भारतीय सुकेको प्याज ४८ रुपैयाँ न्युनतम मूल्य निर्धारण गर्दा लोकल बन्दाको भाउ प्रतिकेजी १० रुपैयाँ रहेको छ ।
कालीमाटी बजारमा आज गाजर लोकल प्रतिकेजी १००,घिउ सिमी लोकल ४०, राजमा सिमी ११०, मूला रातो ४०, मूला सेतो लोकल १५, भन्टा लाम्चो ७०, मकै बोडी ६०, भटमासकोशा ६०, तितो करेला ४०, लौका ६०, परवल ३५, फर्सी पाकेको४० हरियो फर्सी (डल्लो)४०,कन्ने च्याउ १५०,डल्ले च्याउ ३४०, कुरीलो २५० र स्कूस ६० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भैरहेको छ । रायोको साग प्रतिकेजी ७० रुपैयाँ,तोरीको साग प्रतिकेजी ५० रुपैयाँ,हरीयो प्याज ९० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।
बिज्ञापन
त्यस्तै, फलफूमा केरा दर्जन १५० रुपैयाँ तोकिएको छ भने फूजी स्याउ २० हिजोको तुलनामा २० रुपैयाँले बढेर प्रतिकेजी ३२० पुगेको छ । कागती ११०, अनार४००,आँप मालदह १५०,अंगुर कालो ५५०,तरबुजा हरियो ८०, मौसम २२०,किवि ८००, मेवा ९० रुपैयाँ प्रतिकेजी तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।








