होमपेज > कृषकलाई चैते धान लगाउन चटारो

कृषकलाई चैते धान लगाउन चटारो

बिज्ञापन
बिज्ञापन

नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा सिँचाइको सुविधा पर्याप्त भएका सिमसार क्षेत्रका किसानलाई अहिले हिउँदे (चैते) धान लगाउन चटारो भएको छ ।

बिज्ञापन

कावासोती, गैँडाकोटा, देवचुली, मध्यविन्दु नगरपालिका तथा वियनी त्रिवेणी, बुलिङटार र बौद्धिकाली गाउँपालिकामा हिउँदे धान खेती हुने क्षेत्र हुन् । सो क्षेत्रका किसानलाई अहिले अर्मपर्म गरेर धान लगाउन चटारो भएको हो । बर्खे धानको तुलनामा चैते धानको उत्पादन राम्रो हुने कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ । केन्द्रका प्रमुख गोपाल लामिछानेका अनुसार बर्खे धान प्रतिहेक्टर ३ टनभन्दा बढी उत्पादन हुन्छ भने चैते धान प्रतिहेक्टर ३ देखि ४ टनसम्म उत्पादन हुने गर्दछ ।

बिज्ञापन

खाद्यान्न अभावको परिपूर्तिका लागि चैते धान उत्पादन बढाउनु राम्रो उपाय भएकाले नवलपरासीमा यसको उत्पादन विस्तार गरिदै लगेको लामिछानेले बताए । ‘चैते धानमा रोग तथा कीरा पनि नलाग्ने भएकाले खेती गर्न सहज छ । यसको उत्पादन वर्षाको समय हुने भएकाले बाली स्याहार्ने बेला किसानले सजकता भने अपनाउनु पर्छ’, उनले भने ।

गत वर्ष १२ सय १० हेक्टर क्षेत्रफलमा चैते धान रोपाइँ हुँदा छ हजार १२३ मेट्रिक टन उत्पादन भएको केन्द्रका सुचना अधिकारी शंकर पौडेलले बताए । आर्थिक वर्ष २०७७-७८ मा सात सय हेक्टर क्षेत्रफलमा तीन हजार तीन सय ६० मेट्रिक टन उत्पादन भएको थियो ।

बिज्ञापन

‘चैते धानको क्षेत्रफल र उत्पादन दुवै वृद्धि भइरहेको छ । लगानी र उद्देश्यअनुसारको उत्पादन भने अझै हुन सकेको छैन’, सूचना अधिकारी पौडेलले भने । क्षेत्रफल र उत्पादन अझ बढाउन सके अन्यत्र धान निर्यात गर्न सकिने उनको भनाइ थियो । सूचना अधिकारी पौडेलका अनुसार धान ब्लक कार्यक्रममा कृषि ज्ञान केन्द्रले सिँचाइ सुविधा तथा कृषिमा यान्त्रिकीकरणका लागि अनुदान प्रदान गरेको छ ।

चैतेधानका रूपमा चैत ५, हर्दिनाथ–१ सहित स्थानीय जातको धान रोप्ने गरिन्छ । गैँडाकोटको ११ र १२, कावासोतीको ९ देखि १७ वडामा चैते धानको उत्पादन बढी हुन्छ । उत्पादित चैतेधान कृषकले नै बिक्री गर्छन् ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते