होमपेज > प्रभु बैंकका सीईओ अशोक शेरचनको नियुक्ति बदर नहुने

प्रभु बैंकका सीईओ अशोक शेरचनको नियुक्ति बदर नहुने

बिज्ञापन
बिज्ञापन

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अशोक शेरचनको नियुक्ति बदर नहुने भएको छ । उच्च अदालत पाटनका न्यायधीशद्वय श्यामजी प्रधान र अमृतबहादुर बस्नेतको संयुक्त इजलाशले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

बिज्ञापन

प्रभु बैंकले शेरचनलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३’ विपरीत नियुक्त गरेको भन्दै अधिवक्ता अनिता थापा केसीले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेकी थिइन् । प्रभु बैंकको सञ्चालक समितिले माघ १५ गते चार वर्षको लागि शेरचनलाई पुनः सीईओ पदमा नियुक्त गरेको थियो । शेरचन २०७१ साल फागुनमा प्रभु बैंकको सीईओ नियुक्त भएका थिए । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ ले प्रमुख कार्यकारी अधिकृत पदमा लगातार दुई कार्यकाल भन्दा बढी नियुक्त गर्न नपाइने व्यवस्था गरेको छ ।

बिज्ञापन

२०७३ सालमा आएको ऐन अगाडि नियुक्त भएका व्यक्तिको हकमा कार्यकाल कुन आधारमा गणना गर्ने भन्नेमा विवाद थियो । प्रभु बैंकले सेञ्चुरी बैंकलाई हालै मात्र गाभेको थियो । एकीकृत कारोबारपछि बनेको सञ्चालक समितिको बैठकले शेरचनलाई चार वर्षसम्मको लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । उच्च अदालत पाटनले शेरचनको नियुक्ति विरुद्धमा अन्तरिम आदेश नदिएको कारण चारवटा वाणिज्य बैंकका सीईओको कार्यकालको विवादसमेत सकिएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते