होमपेज > आज भाइटीका : दिदीबहिनीले दाजुभाइलाई दीर्घायु र समृद्धिको कामना गर्दै टीका लगाइँदै

आज भाइटीका : दिदीबहिनीले दाजुभाइलाई दीर्घायु र समृद्धिको कामना गर्दै टीका लगाइँदै

बिज्ञापन
बिज्ञापन

यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन आज देशभर भाइटीका पर्व श्रद्धा, आस्था र उल्लासका साथ मनाइँदै छ। दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्यको कामना गर्दै पञ्चरंगी वा सप्तरंगी टीका लगाइदिँदै पर्व मनाइरहेका छन्।

बिज्ञापन

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने तिहार नेपालीहरूको दोस्रो ठूलो चाड हो। तिहार पाँच दिनसम्म मनाइने भए पनि यस वर्ष तिथि वृद्धि भएकाले छैटौँ दिन भाइटीका परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। आजको दिनलाई यमद्वितीया पनि भनिन्छ।

बिज्ञापन

दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने परम्परा छ। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् तथा समितिका सदस्य प्रा.डा. देवमणि भट्टराईले बताए।

समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार साइत खोज्नेका लागि आज बिहान ११ः३९ बजेको अभिजित् मुहूर्त उत्तम मानिएको छ। तर अन्य समय पनि दिनभर टीका लगाउन कुनै बाधा नरहेको उनले जानकारी दिए।

बिज्ञापन

यस वर्ष टीका लगाइदिने दिदीबहिनी पूर्वतर्फ र लगाउने दाजुभाइ पश्चिमतर्फ फर्कनुपर्ने समितिले जनाएको छ। यसरी गर्दा तुला राशिमा रहेका पश्चिमका चन्द्रमा सम्मुख पर्ने र यो शुभ हुने धार्मिक मान्यता रहेको समितिले स्पष्ट पारेको छ। शास्त्र अनुसार शुभकर्म गर्दा चन्द्रमालाई दाहिने वा सम्मुख पार्नुपर्ने चलन छ।

राज्य सञ्चालनका जिम्मेवारीमा रहेका व्यक्तिहरूले भने साइतमै टीका लगाउनुपर्ने समितिको भनाइ छ।

परम्पराअनुसार आज लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा अष्ट चिरञ्जीवी ( मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम) साथै चित्रगुप्त, यमराज, यमुना, धर्मराज, गणपत्यादि देवता र नवग्रहको पूजा आराधना गरिन्छ। त्यसपछि दिदीबहिनीले तेलको धाराले छेकी दाजुभाइलाई मखमली, सयपत्री र गोदावरीका फूलका माला लगाउँदै पञ्चरंगी वा सप्तरंगी टीका लगाइदिन्छन्।

हालका वर्षहरूमा सप्तरंगी टीका प्रचलित भए पनि धर्मशास्त्रविद् भट्टराईका अनुसार शास्त्रीय मान्यताअनुसार तिहारमा प्रयोग गरिने टीकाका पाँच रंग (रातो, सेतो, पहेंलो, हरियो र निलो) हुन्।

टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मसला र सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले दिदीबहिनीलाई गच्छेअनुसार कपडा तथा दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक र सामाजिक परम्परा रहँदै आएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते