होमपेज > नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट अनिवार्य अवकाशमा

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट अनिवार्य अवकाशमा

बिज्ञापन
बिज्ञापन

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट आज (बिहीबार) देखि अनिवार्य अवकाशमा गएका छन्। राष्ट्र बैंक कर्मचारी नियमावलीअनुसार कार्यकारी निर्देशक बनेको सात वर्ष पूरा भएपछि अवकाश पाउने व्यवस्था रहेको छ। सोही अनुसार, भट्टको कार्यकाल पूरा भएपछि उनलाई अनिवार्य अवकाश दिइएको हो।

बिज्ञापन

राष्ट्र बैंकमा ३० वर्ष सेवा अवधि, ५८ वर्ष उमेर, उच्च निर्देशक तहमा १२ वर्ष र कार्यकारी निर्देशक तहमा ७ वर्ष पूरा भएपछि अवकाश पाउने प्रावधान छ। डा. भट्टले २०५७ सालमा सहायक निर्देशकको रूपमा नेपाल राष्ट्र बैंकमा सेवा प्रारम्भ गरेका थिए। उनी २०७५ साल कात्तिकमा कार्यकारी निर्देशक बनेका थिए।

बिज्ञापन

आफ्नो सेवाकालमा उनले आर्थिक अनुसन्धान विभागमा सबैभन्दा लामो समय जिम्मेवारी सम्हालेका थिए। साथै, उनले बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग र मौद्रिक व्यवस्थापन विभागमा पनि काम गरेका थिए। गत चैतमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारी अनिवार्य अवकाशमा गएपछि, डा. भट्ट पनि गभर्नरको प्रतिस्पर्धामा रहेका थिए। सत्तारूढ दलबीचको सहमति नजुट्दा कांग्रेसको रोजाइमा रहेका उनले गभर्नर बन्न भने सकेनन्।

त्यस क्रममा तत्कालीन कायम मुकायम गभर्नर निलम ढुङ्गानाले राजीनामा दिए पनि स्वीकृत नभएकाले भट्टको उम्मेदवारी अघि बढ्न सकेको थिएन। नयाँ गभर्नर विश्व पौडेलको नियुक्ति पछि, डा. भट्ट हालसम्म गभर्नर कार्यालयका कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए। उनको अवकाशसँगै राष्ट्र बैंकमा शीर्ष व्यवस्थापकीय संरचनामा पुनः नयाँ नियुक्ति प्रक्रिया सुरु हुने अपेक्षा गरिएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते