होमपेज > पोखरामा रवि लामिछानेविरुद्ध सहकारी पीडितले गरे नाराबाजी

पोखरामा रवि लामिछानेविरुद्ध सहकारी पीडितले गरे नाराबाजी

बिज्ञापन
बिज्ञापन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितले नाराबाजी गरेका छन्। पोखराको विरौटास्थित ग्यालेक्सी ब्याङ्क्वेटमा पार्टीको प्रदेशस्तरीय प्रशिक्षणमा सहभागी हुन लागेका सभापति लामिछानेविरुद्ध पीडितले मंगलबार दिउँसो नाराबाजी गरेका हुन्।

बिज्ञापन

उक्त ब्याङ्क्वेटमा रास्वपा प्रदेशस्तरीय प्रशिक्षण चलिरहेको छ। सहकारी ठगीमा सभापति लामिछानेको संलग्नता देखेर विरोधस्वरुप नाराबाजी र कालो झण्डा देखाएको सुर्यदर्शन सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताए। ‘रवि लामिछाने पोखरा आउने कुरा थाहानै थिएन, थाहा पाउनेबित्तिकै हामी गएर नाराबाजी र कालो झण्डा देखायौं,’ उनले भने।

बिज्ञापन

पीडितले ‘सहकारीको पैसाले पार्टी खोल्न पाइँदैन, सहकारी ठग मुर्दावाद, जिबी राई कहाँ छ, रवि लामिछानेलाई थाहा छ’ जस्ता नारा लगाएका थिए। सभापति लामिछाने सहकारी ठगीमा संलग्न भएको आरोपमा पीडितले पूरक जाहेरी दिएका थिए। पोखरा महानगरपालिकाले गरेको छानबिन प्रतिवेदनमा पनि लामिछानेले ग्यालेक्सी टेलिभिजन सञ्चालक कम्पनी गोर्खा मिडियाको नाममा लामिछानेले एक करोड रुपैयाँ ऋण लिएर उक्त ऋण तिरेको देखाएको छ।

लामिछाने प्रबन्ध निर्देशक एवं सेयर सदस्य रहेको टेलिभिजनमा पोखराको सुर्यदर्शन लगायत देशका विभिन्न सहकारीमा सर्वसाधारणले राखेको बचत लगानी गरेका थिए। सहकारी ऐनले सहकारीमा राखिएको रकम कम्पनीमा लगानी गर्नु नपाउने उल्लेख छ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते