कतिपय मानिसहरुलाई अत्यधिक पसिना आउने र काखी गन्हाउने समस्याले सताइरहेको हुन्छ। के कारणले काखी गनाउछ? यसलाई रोक्न के गर्ने? जस्ता कुराहरु हामिलाई थाहा नहुन सक्छ। जस्ले गर्दा दैनिक नुहाइधुवाइ गरेर कपडा फेर्दा पनि दुर्गन्धले सताउछ।
बिज्ञापन
गर्मी महिना लाग्नासाथ अत्याधिक पसिना आउने समस्या प्रायः सबैलाई हुन्छ। गर्मीमा समान्य रुपमा आउने पसिनाले शरीमा छाड्ने दुर्गन्ध हटाउन कतिपयलाई पफ्र्युमले पनि सहयोग गर्न सकिरहेको हुँदैन। तर, केही त्यस्ता घरेलु उपायहरु अपनाउन थाल्नुभयो भने तपाईंलाई यो समस्याबाट हल पाउन खासै मुस्किल पर्नेछैन।
बिज्ञापन
-यस्ता छन् काखी गनाउने समस्याको घरेलु उपाय:
१-कागतीः
बिज्ञापन

कागतीको प्रयोग पसिनाको दुर्गन्ध मेटाउने राम्रो उपाय हो। यसले छालामा रहेको पीएच लेभललाई घटाउँछ। जसले पसिनामा रहेको ब्याक्टेरिया फैलनबाट रोकेर दुर्गन्धबाट मुक्ति दिन सहयोग गर्छ। यसका लागि कागति काटेर यसको आधा भागलाई काखीमुनी दल्नुपर्छ। कागतीको रस निचोरेर त्यसलाई नरम कपडामा राखेर पनि काखी मुनि रगड्न सकिन्छ।
२-गुलाब जलः

पसिनाको दुर्गन्धलाई भगाउने सबैभन्दा सजिलो तरिका हो गुलाबजल। यसका लागि नुहाउने पानीमा केहि थोपा गुलाबजल मिसाउनुपर्छ। यसले शरीरमा लामो समयसम्म पसिनामा दुर्गन्ध आउन दिँदैन। यसले एक प्राकृतिक डियोड्रेन्डको काम समेत गर्दछ।
३-नीमको पातः

नीमको पातले पनि शरीरमा दुर्गन्ध फैलन रोक्छ। दुर्गन्धको साथमा नीमको पातले शरिमा फैलिएको ब्याक्टेरियालाई समेत मेटाउँछ। यसका लागि थोरै निमको पातलाई पानीमा उमालेर पानीलाई छान्नुपर्छ। त्यसपछि नुहाउने बेलामा अरु पानीमा त्यसलाई मिसाएर नुहाउनुपर्छ। यो पानीले नुहाएमा पसिनाको दुर्गन्धबाट मुक्ति पाउन गाह्रो पर्दैन।
४-बेकिङ सोडाः

पसिनाको दुर्गन्ध हटाउन अर्को घरलु उपाय हो बेकिंग सोडा। यसलाई काखीमुनि लगाउँदा सबै दुषित पदार्थलाई सोसेर सफाइ गर्छ। यसले बडी अर्डरको समस्याबाट मुक्ति दिन्छ। घरमा भएको बेकिङ सोडालाई सामान्य रुपवमा प्रयो गर्ने बानी बसाल्नुभयो भने दुर्गन्ध वरपर पर्दैन।
५-पुदिनाः

पुदिनाको सहयोगमा पनि पसिनाको दुर्गन्धलाई टाढा पठाउन सकिन्छ। पुदिनाको पातलाई उमालेर त्यसलाई छानेर नुहाउने पानीमा मिसाएर प्रयोग गर्दा यसले पसिनामा रहेको ब्याक्टेरियालाई मेटाउँछ। यसले गर्दा शरीरमा ‘फ्रेसनेश’ पनि आउँछ।
६-बेसनः

बेसन पनि पसिनाको दुर्गन्धको शुत्र नै हो। थोरै बेसनलाई दही मिसाएर बनेको पेस्ट प्रयोग गर्दा पनि पसिनामा हुने दुर्गन्धबाट बच्न सकिन्छ। यो पेस्टलाई नुहाउनुभन्दा अघि शरीरमा लगाउनुपर्छ। १० मिनेटपछि त्यसलाई पखाल्नुपर्छ। यसले दुर्गन्धयुक्त पसिनालाई बाहिर निकाल्छ र दुर्गन्धबाट मुक्ति दिन्छ।
७-महः

मह पनि चानचुने औषधी होइन। यसले पनि पसिनाको दुर्गन्धलाई हटाउन र त्यसबाट बच्न सहयोग गर्छ। नुहाउनासाथ पानीमा एक चम्चामा मह मिलाएर काखीमुनि सफा गर्नुपर्छ। यसबाट पनि पसिनाको दुर्गन्ध हट्छ।
८-हाइड्रोजन पेरोक्साइडः

हाइड्रोजन पेरोक्साइडको प्रयोग पनि पसिनको दुगन्धबाट बच्ने सरल उपाय हो। यसलाई एक चम्चा आधा कप पानीमा मिसाएर दिनमा ३-४ पटक काखीमुनि लगाउदा तपाईंको शरीरबाट निस्कने दुग्नध निर्मुल हुन्छ।








