नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ। आज सुन एकै दिन एक हजार ७०० रुपैयाँले बढेको हो।
बिज्ञापन
नेपाल सुनचाँदी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रवार प्रतितोला एक लाख ६५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। यसै गरी आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ।
बिज्ञापन
शुक्रवार चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भएकोमा आज एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ।








