ब्रो काउलीमा विषादी फेला परेको छ। भक्तपुरबाट बिक्रीका लागि कालीमाटी ल्याइएको सो काउलीमा ८८.६७० प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जनाएको छ।
बिज्ञापन
सोमबार केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी तरकारी बजारका १८ पसलको १८ वटा तरकारी तथा फलफूल परीक्षण गर्दा काउलीमा विषादी भेटिएको हो। सो मात्रा उपभोग अयोग्य रहेको जनाइएको छ।
बिज्ञापन
बजारमा कार्वामेट र अर्गानोफस्फेट समूहका विषादीको मात्र परीक्षण गरिँदै आएको छ। यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ।








